जापानको सेन्दाइमा तीज विशेष भेटघाट कार्यक्रम

धु्रबसागर शर्मा
बेनी,आइतबार भदौ १५ गते ।

वैदेशिक रोजगारी,अध्ययन वा अन्य कामको शिलशिलामा जापानको सेन्दाइमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना सेन्दाइ क्षेत्रिय कमिटीको आयोजनामा आइतवार तीज विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।


आफ्नो देश र घरपरिवाबाट टाढा रहेर पनि आफ्नो संस्कार,संस्कृतिको संरक्षण र आपसी सौहार्दता तथा अपनत्वबोध गराउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा एकापसमा चिनजान र दुःखसुख साटासाट गर्नुका साथै पारिवारिक वातावरणमा तीजको दर खाँदै रमाइलो गरेको मोना सेन्दाइका क्षेत्रीय उपाध्यक्ष सागर थापाले जानकारी दिए ।


उपाध्यक्ष थापाले दिएको जानकारी अनुसार कार्यक्रम अत्यन्त सौहार्दपूर्ण वातावरणमा भव्य र सभ्य तरिकाले सम्पन्न भएको थियो । कार्यक्रममा सहभागि म्याग्देलीहरुले यसरी एकापसमा भेटघाटको वातावरण मिलाएर संगै तीज मनाउने र भेटघाट हुने अवसर दिलाएकोमा मोना सेन्दाइ क्षेत्रिय कमिटीलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमका सहभागिहरुले घरपरिवारसंगै वसेर चाडपर्व मनाएजस्तै अनुभूति भएको विचार व्यक्त गरेका उपाध्यक्ष थापाले बताए । उपाध्यक्ष थापाले कार्यक्रममा उपस्थित सम्पूर्ण म्याग्देलीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगका लागि आग्रह गरेका थिए ।
कार्यक्रम संस्थाका सल्लाहाकार क्षेत्र केसीको सभापतित्व र संस्थाका अध्यक्ष कमल बानियाँको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार