म्याग्दीमा तीन जना डेंगु संक्रमित भेटीए

बेनी ,शनिबार भदौ २१ गते ।
म्याग्दीको बेनी अस्पतालमा उपचार गराउन आएका तीन जना विरामीमा डेंगु भेटीएको छ । अस्पतालमा उपचारका लागी पुगेका तीन जना विरामीको रगत परिक्षण गर्दा डेंगु संक्रमण भेटिएको हो ।


एक साता भित्र पोखरा र काठमाण्डौबाट फर्केका यी विरामी वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता लक्ष्यण देखिएपछि उपचारकालागी अस्पताल आएका थिए स्वास्थ्य कार्यालय प्रमुख प्रकाशराज शर्मालाले भन्नुभयो ।

लक्ष्यण मिलेपछि विरामीको रगत परिक्षण गर्दा डेंगु भेटिएको हो । डेंगु रोगको प्रकोप बढ्दै जान थालेपछि सतर्कता अपनाउन चिकित्सक र प्रशासनले सुझाव दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार