लियो क्लबद्धारा बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण

बेनी,शुक्रबार भदौ २० गते ।
म्याग्दीको सदरमुकामा बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ बेनी,म्याग्दीको आयोजना तथा बेनी अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले अस्पतालको पहुँचमा पुग्न नसकेका विद्यार्थी तथा अभिभावकलाई विद्यालयमा नै सेवा उपलब्ध गराउनु क्लबको उदाहरणिय कार्य भएको बताउनुभयो । क्लबको सामाजिक कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

क्लब अध्यक्ष विशाल खत्रीले अस्पतालको पहुँचमा पुग्न नसकेका विद्यार्थी तथा अभिभावलाई विद्यालयमा नै स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । परिक्षणमा विद्यार्थीको तौल, उचाई नाप्नुका साथै उनीहरुको कान, नाक, दाँत तथा अभिभावकको स्वयास्थ्य जाँच तथा रुघाखोकी तथा ज्वरो लगायत परिक्षण गरिएको थियो । परिक्षण पछि सामान्य रुघाखोकी तथा ज्वरोको विरामीलाई औषधि प्रदान गरिएको छ ।

क्लबको निति अनुसार आगामी दिनहरुमा पनि मानविय तथा विभिन्न सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउने उहाँले बताउनुभयो । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष भरतबहादुर रकाल शाही,लायन्स क्लब अफ दोभानकी अध्यक्ष जानकी विक ,विद्यालयका प्रअ सुरेन्द्र प्रसाद शर्मा तथा प्राविधिक सहयोगि बेनी अस्पतालकी डाक्टर मनु विश्वकर्मा लगायतले बोल्नु्भएको थियो ।


क्लब अध्यक्ष खत्रीको अध्यक्षता ,क्लब सचिव पदम विक (अर्जुन)को संचालन तथा उपाध्यक्ष झलक जिसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम मेडिकल डाइरेक्टर उदय सुन्दासले कार्यmक्रमबारे जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार