अन्नपूर्ण गाउँपालिका आर्थिक समाचार समाज

कर दिवसको अवसरमा पोखरेबगरमा अन्तरक्रिया

पोखरेबगर,मंगलबार मंसिर ४ गते । आठौ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारीहरुलाई कर नीतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ अन्नपूर्ण इकाईका व्यवसायी र जनप्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा व्यवसायीहरुलाई नेपालको करनितिका बारेमा जानकारी गराइएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य,प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ , महासचिव लीलाराम गौतम , वडा अध्यक्ष दिलीप गर्बुजा, कृष्णप्रसाद बरुवाल र ओम फगामी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा १ सय२० जना बढी व्यवसायीहरुको सहभागिता थियो ।


अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरको प्रमुख आतिथ्यता र कर अधिकृत वुद्धीप्रसाद आचार्यले सहजिकरण गर्नुभएको थियो । इकाईका सभापति दशरथ कर्माचार्यको अध्यक्षता र सदस्य आत्मा तुलाचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी ,शनिबार असार २७ गते ।म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिकाका ३० एक जना बर्षिय पुरुष र रघुगंगा गाउँपालिकाका ३० बर्षिय एक जना पुरुषमा कोरोना…

thumbnail

अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)

पोखरेबगर ,आइतबार असार ०७ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँँपालिकाले आगमी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले…

thumbnail

अन्नपुर्ण गाउँपालिकाको बजेट करिब ४१ करोड ( पुर्ण पाठ सहित)

पोखरेबगर ,आइतबार असार ०७ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले गाउँसभाबाट आगमी आर्थिक बर्षका लागि करिब ४१ करोड बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले ११ औं गाउँसभामा प्रस्तुत गर्नुभएको आागमाी…

Write a Reply or Comment