कर दिवसको अवसरमा पोखरेबगरमा अन्तरक्रिया

पोखरेबगर,मंगलबार मंसिर ४ गते । आठौ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारीहरुलाई कर नीतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ अन्नपूर्ण इकाईका व्यवसायी र जनप्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा व्यवसायीहरुलाई नेपालको करनितिका बारेमा जानकारी गराइएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य,प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ , महासचिव लीलाराम गौतम , वडा अध्यक्ष दिलीप गर्बुजा, कृष्णप्रसाद बरुवाल र ओम फगामी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा १ सय२० जना बढी व्यवसायीहरुको सहभागिता थियो ।


अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरको प्रमुख आतिथ्यता र कर अधिकृत वुद्धीप्रसाद आचार्यले सहजिकरण गर्नुभएको थियो । इकाईका सभापति दशरथ कर्माचार्यको अध्यक्षता र सदस्य आत्मा तुलाचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार