नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन

बेनी ,शनिबार मंसिर २१ गते ।
नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन गरिएको छ । शनिबार बेनीमा नेपाल हाइकु केन्द्र ,पर्वत शाखाका अध्यक्ष वरिष्ठ कवि साहित्यकार शान्तिनारायण श्रेष्ठको उपस्थितीमा भक्त कार्कीको अध्यक्षतामा सो तदर्थ समिती गठन गरिएको हो ।नेपाली हाइकुको विकास, विस्तार र उन्नयनको लागि केन्द्रीयस्तरमा स्थापना भएको नेपाल हाइकु केन्द्रलाई हरेक जिल्लामा विस्तार गर्ने क्रममा म्याग्दीमा शाखा विस्तार गरिएको हो ।

अध्यक्ष कार्की संगै उपाध्यक्ष शिव सस्मित,सचिव बादल शाही , कोषाध्यक्ष बबिता घर्तीमगर कार्यसमितिको सदस्यहरुमा विनय श्रेष्ठ ,तोपबहादुर कार्की र समीर रोका मगर चयन हुनुभएको छ । यसैगरी सल्लाकार समितिकोविशिष्ट सल्लाहकारमा केन्दीय अध्यक्ष रामकुमार पाँडे रहनुभएको नयाँ कार्यसमितिका उपाध्यक्ष सस्मितले जानकारी दिनुभयो । उहाँका अनुसार सल्लाहकारहरूमा ध्रुबलाल शर्मा,अजयमिलन श्रेष्ठ , कृष्णबहादुर बानियाँ,रामप्रसाद सुवेदी तथा डम्बरबहादुर बानियाँ चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार