चौथो दिदीबहिनी कपको उपाधी शसस्त्रलाई

सरस्वति चौधरी उत्कृष्ट खेलाडी

बेनि ,आइतबार फागुन ११ गते ।‘चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’मा विभागीय टिम शसस्त्र प्रहरी (एपिएफ) बिजयी भएको छ ।

जलजला गाउपालिका–३ बेनीमा शनिबार सम्पन्न फाइनलमा अर्को विभागीय टिम नेपाल पुलीसलाई पराजित गर्दै एपिएफ च्यापियन भएको हो । यसअघिको दोस्रो र तेस्रो दिदीबहिनी कपको उपाधि पनि शसस्त्रले जितेको थियो । नेपाल पुलिस क्लवलाई एक का विरुद्ध तीन सेटले पराजित गर्दै शसस्त्रले उपाधी जितेको हो ।

पहिलो सेटमा १५ का विरुद्ध २५ अंकले एपिएफलाई पराजित गरेको पुलीसको टोली दोस्रो, तेस्रो र चौथो सेट लगातार एपिएफसंग पराजित भयो । पुलीसलाई १८, २१ र १२ का विरुद्ध २५ अंकले एपिएफले जित निकालेको हो ।

एपिएफलाई जिताउन उत्कृष्ट खेल प्रर्दशन गरेकी स्पाइकर सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि सहित नगद दश हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । यसैगरी विभागीय टोली नेपाल आर्मीलाई सोझो तीन सेटमा पराजित गर्दै होङग्वान्जी न्यु डायमण्डले तेस्रो स्थान हात पारेको छ ।

२३, २१ र २२ का विरुद्ध २५ अंकले आर्मीलाई डायमण्डले पराजित गरेको हो । डायमण्डको टोलीमा महिला भलिबलको राष्ट्रिय टोलीको कप्तान अरुणा शाही पनि सहभागि हुनुभएको थियो । आयोजक रेडियो दिदीबहिनी सहित पाँच टिमले सहभागिता जनाएको प्रतियोगिता फागुन ६ गते राष्ट्रिय खेलकुद विकास परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नुभएको थियो ।

महिलाहरुद्धारा कुश्मामा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तेहौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगिताको बिजेता, उपबिजेता र तेस्रोले क्रमश दुई लाख, एक लाख र पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको रेडियो दिदीबिहिनीका अध्यक्ष कल्पना चापागाईले बताउनुभयो ।

प्रथम पुरस्कारको प्रायोजन जलजला गाउपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो । न्यु डायमण्डकी पनामिका राईले सर्भर, नेपाल पुलिसकी कमला पुनले सेटर, नेपाल पुलिसकै कोपिला रानाले ब्लकर, न्यु डायमण्डकी एलिना श्रेष्ठले डिफेण्डर र एपिएफकी निरुता ठगुल्नाले स्पाइकर बिधामा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

शसस्त्रका महेश चौधरी उत्कृष्ट प्रशिक्षक बन्नुभयोे । उनिहरुले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । लिग कम नक आउट सिस्टममा खेलाइएको थियो । शुक्रबार हुने भनिएको फाइनल बर्षाका कारण शनिबार सरेको थियो ।

जलजला गाउपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), रेडियोकी अध्यक्ष कल्पना चापागाई, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेल, तृतीय पुरस्कार प्रायोजक बलराम श्रेष्ठ, नेकपा जलजलाका संयोजक दिपक आचार्यले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सो अवसरमा महिला भलिबलकी राष्ट्रिय खेलाडी हिरा क्षेत्रीलाई जिल्ला भलिबल संघ पर्वतका अध्यक्ष बेलबहादुर कार्कीले दश हजार र जलजला गाउपालिकाका अध्यक्ष मल्लले पाँच हजार रुपैयाँ सहित सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार