दरबाङमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

बेनी ,आइतबार माघ १९ गते । जिल्लाको मालिका गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी माघ २२ गतेदेखी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता वडा नं ६ स्थित जनप्रिय माविको खेलमैदानमा संचालन हुने गाउँपालिकाले जनाएको छ ।

file photo


प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडा भित्रका निजि र सामुदायीक गरि ११ विद्यालयहरुले सहभागिता जनाउने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुुसार प्रतियोगिता संचालनका लागि विभिन्न समिति उपसमिती गठन गरिएको छ । विद्यार्थीमा रहेको प्रतिभाको उजागर तथा खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष रोका मगरले बताउनुभयो ।प्रतियोगितामा कवड्डी महिला पुरुष ,भलिबल महिला पुरुष तथा एथलेटिक्स अन्तर्गत विभिन्न विधाका खेलहरु हुनेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार