राजपा नेपाल र समाजवादी नेपालबीच पार्टी एकता

काठमाडौं,विहिबार बैशाख ११ गते । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ ।राजपा नेपालका संयोजक शरत् सिंह भण्डारीको ललितपुरमा रहेको निवासमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो ।

एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुने छ भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा नयाँ पार्टीको झण्डा हुने छ ।यस्तै राजपाले प्रयोग गर्दै आएको चुनाब चिन्ह छाता नयाँ पार्टीको चुनाब चिन्ह हुने छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले अहिले एकीकृत पार्टीको नाम, झण्डा र चुनाब चिन्ह घोषणा गरिएको बताए । समानताको आधारमा बिस्तारै नेताहरुको मर्यादाक्रम तोकिने र साङ्गठनिक एकता हुने नेता यादवले बताए । दुवै पार्टीका चाररचार नेताद्वारा हस्ताक्षरित सहमतिपत्रमा पनि समानताका आधारमा पार्टी एकता गरिने जनाइएको छ । नेपाल टाईम्स

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार