विश्वभर कोरोनाबाट १ लाख ७७ हजार बढीको मृत्यु

काठमाडौं,बुधबार बैशाख १० गते । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर २५ लाख ५७ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९० हजारभन्दा बढी व्यक्ति उपचारपछि निको भएर घर फर्केका छन् ।

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकापछि धेरै ज्यान जाने देशमा इटली छ । इटलीमा २४ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।फ्रान्समा २० हजार ७९६, स्पेनमा २१ हजार २८२, बेलायतमा १७ हजार ३३७ तथा जर्मनीमा ५ हजार ३३ को ज्यान गइसकेको छ । इरानमा ५२९७, बेल्जियम ५९९८, नेदरल्याड्स ३९१६ मा जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा २० हजार बढी संक्रमित हुँदा ६४५ को मृत्यु भइसकेको छ । नेपाल टाईम्स

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार