रक्तश्रावले सिकिस्त गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

बेनी,आइतबार जेठ १८ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ शिखकी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अधिक रत्तश्रावका कारण सिकिस्त महिलाको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उद्धार गरि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पु¥याएको हो ।

महिलाको स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको जानकारी प्राप्त भएपछि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमार्फत हेली उद्दार गरिएको सामाजिक विकास मन्त्री नरदेबी पुनको सचिवालयले जनाएको छ ।

उनको पेटमा जुम्ल्याहा बच्चा भएकाले स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने भएपछि पोखरा लैजान स्थानीय स्वास्थ्यकर्मीले सुझाव दिएका थिए । महिलाको थप उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार