अबरुद्ध इन्टेरनेट सेवा सुचारु, भुपु लाहुरेले पु¥याइदिए महभिरमा इन्टरनेट

अमित बिश्वकर्मा,
बेनी ,शनिबार जेठ ३१ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ८ महभिर गाउँमा अबरुद्ध बनेको इन्टरनेट सोमबार देखि पनःसुचारु भएको छ । गत चैत १ गते परेको चट्याङ्गले उक्त इन्टेरनेटको टावरमा क्षती पु¥याएको थियो ।


महभिर घर भइ हाल बेलायतमा बस्दै आउनु भएका गण बहादुर पाइजा र जसी पाइजाका छोरा भुतपुर्व ब्रिटिस गोर्खा आर्मी रुद्र पाइजाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा महाबिर पुनले आबिस्कार गरेको बेतारे प्रबिधिको इन्टरनेट २०७४ सालमा महभिर गाउँमा जडान गरिएको थियो । गत चैत १ गतेको चट्याङ्गले अबरुद्ध बनेको इन्टरनेट सेवा मर्मत गरि जेठ २६ गते देखि नियमित संचालन गरिएको महभिर वाइफाइ संरक्षण समितिका अध्यक्ष खिम पाइजाले बताउनु भयो ।

महभिरका धेरै युवाहरु बिभिन्न बिदेशी मुलकहरुमा छन, घर परिवार र आफन्त संग नियमति सम्पर्कका लागि इन्टरनेट आबश्यकता भएकोले निर्माणका लागि आफुले सहयोग गरेको भुपु ब्रिटिस गोर्खा आर्मी, समाजसेवी रुद्र पाइजाले बताउनु भयो । आफु जन्मेको गाउँमा इन्टरनेटको पुहँच पुराउन आफ्नै लगानीमा इन्टरनेट जडान गरि निशुल्क सेवा उपलब्ध गराएको समाजसेवी पाइजाले बताउनु भयो । नागी देखि महभिर सम्म बेतारे प्रबिधिको इन्टरनेट जडान गर्न ६ लाख रुपैया पाइजा एक्लैले सहयोग गर्नु भएको थियो ।

समुन्द्री सतहदेखि १२०० मिटरको उचाइमा ठुलो भिरमुनी चिटिक्क परेको सुन्दर गाउँ छ महभिर । यहाँ बिकासका गतिबिधिहरु खासै भएका छैनन । भुतपुर्व ब्रिटिस गोर्खा र स्थानीयको पहलमा दातृ संस्था कादुरीको सहयोगमा खानेपानी, झोलुङ्गे पुल तथा बिजुलीको सुबिधा भने आज भन्दा २० बर्ष अगाडीनै पुगीसकेको स्थानीय बुद्धी पुर्जाले बताउनु भयो ।
बिकासमा स्थानीय सरकारको आँखा नपुगेपनि इन्टरनेटको सुबिधाले सामाजिक संजाल मार्फत देश बिदेशका खबरहरु थाहा पाउन सहज भएको पुर्जाको भनाइ छ । उहाँका अनुसार बिदेशमा भएका परिवारका सदस्य संग कुराकानी गर्न, र खबर आदान प्रदान गर्न समेत सजिलो भएको छ ।

चट्याङ्गले क्षति पु¥याएको टावरलाइ लकडाउनका कारण आबश्यक सामानहरु प्रयोग गरि मर्मत गर्न कठिनाइ भएको छ । अहिले सामान्य मर्मत गरि सेवा सुचारु गरिएको स्थानीय इन्टरनेट प्राबिधिक जिबन फगामीले बताउनु भयो । बेलायतमा बसेर पनि समाजसेवी पाइजाले गाउँका लागि गरेको सहयोग र योगदान प्रति महभिरबासीहरुले कृतज्ञता ब्यक्त गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार