तीन गाउँले समाज युकेद्धारा दुई मृर्गौला पिडितलाई आर्थिक सहयोग

बेनी ,विहिबार जेठ २२ गते ।
म्याग्दी मंगला गाउँपालिकाका दुई जना मृगौला रोगबाट पिडितलाई तीन गाउँले युके समाजले आर्थिक सहयोग गरेको छ । संस्थाको पहलमा आवद्ध सदस्य ,आजिवन सदस्य तथा आफन्तबाट संकलित दुई लाख १७ हजार रुपैयाँ बढी मृगौला रोगीहरुलाई सहयोग गरिएको संस्थाका सचिव भक्त रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ,मृर्गौला पिडित मंगला गाउँपालिका वडा नं.३ की इन्द्रा कुमारी रोका मगर (विष्णु) लाई एक लाख दश हजार रुपैयाँ र वडा नं.४ की संगिता छन्त्याललाई एक लाख ७ हजार ६९८ रुपैयाँ सहयोग गरिएको हो ।

संस्थाका सहकोषाध्यक्ष थम रोकाको संयोजक तथा आजिवन सदस्यहरु चित्र पुन र भक्त पुनको समन्वय एमव् पहलमा संकलित सो आर्थिक सहयोग संस्थाका पुर्व अध्यक्ष टिकाजित पुन ,बरंजा भकिम्ली माइती कुटुम्बका अध्यक्ष कमलराज पुनले मृगौला रोगी रोकाकी छोरालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

भने भिमराज पुन मगरले मृर्गौला रोगीलाई हस्तान्तरण गर्नुभएको सचिव भक्त रोकाले जानकारी दिनुभयोे । संस्थाका अध्यक्ष थम रोका मगरले संस्थाको अभियानमा मृर्गौला रोगीहरुको उपचार्थ आर्थिक सहयोग गर्ने सबै सहयोगीदाताहरुलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

उहाँले मृर्गौला रोगीहरुको पारिवारीक आर्थिक अवस्था कमजोर भएकोले उपचारमा सघाउन सबैलाई अपिल गर्नुभएको छ । सामाजिक तथा सांस्कृतिक रुपमा सक्रिय तीन गाउँले समाज सन् २००६ मा युकेमा बसोबास गर्ने जिल्लाका साविक भकिम्ली,बरंजा र अर्मन गाविस बासीहरु मिलेर स्थापना गरिएको संस्था हो । मृर्गौला रोगी रोका काठमाण्डौं र छन्त्यालले पोखराको अस्पतालमा उपचार गराउँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार