शिख माविको आवासीय छात्रावास भवन शिलन्यास (तस्बिर /भिडियो)

सुरेन गुरुङ्ग
शिख ,आइतबार असार ०७ गते ।

म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिको नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा बन्न लागेको ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले शुक्रबार एक कार्यक्रमका विच शिलन्यास गर्नुभएको हो ।

कार्यक्रममा अध्यक्ष क्याप्टेन पुनले दुर्गम क्षेत्रबाट आउने विद्यार्थीलाई छात्रावास भवनले थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासलाई जोड दिएको उहाँको भनाइ थियो । विद्यालयमा अध्ययन गरेका ब्यक्तीहरु राज्यको उच्च तह सम्म पुग्नु गौरबको बिषय भएको बताउनुभयो ।साथै गाउँपालिका अध्यक्ष क्याप्टेन पुनले विद्यालयलाई शिक्षाको क्षेत्रमा अगाडी ल्याउनका लागि अन्नपुर्ण गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रदेश सकार सामाजिक विकास मन्त्रालयको ६० लाख र गाउँपालिकाको ५० लाख गरेर १ करोड दश लाख रुपैयाँमा बन्न लागेको भवनको निर्माण ठेक्का उत्तरगंगा निर्माण सेवाले पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी मंसिर महिना भित्रमा भवन निर्माण सम्पन्न हुनेछ । यो बर्ष ३० कोठे भवन निर्माण हुनेछ भने आगामी बर्ष थप ३० कोठे गरेर दुई करोड ३७ लाख रुपैयाँको कुल बजेट रहेको अधिकृत सुवेदीले बताउनुभयो । दुई सय बढी क्षमताको बालमैत्री नमुना आवासीय छात्रावास भवन निर्माण हुनेछ ।

छात्रावास भवन निर्माण भएमा विद्यार्थीहरुका लागि सम्पुर्ण आवश्यक सेवा सुविधा विद्यालयमा उपलब्ध हुने गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताउनुभयो । गाउँपालिकाभित्रका दश वटा विद्यालयको स्थलगत अध्ययन तथा अनुगमन गरी गाउँपालिकाले सिफारिस गरेको आधारमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले गत बर्ष शिख माबिलाई नमुना आवासिय विद्यालयमा सुचिकृत गरेको थियो । आवासिय छात्रावास निर्माण भएमा टाढाबाट आउने विद्यार्थीहरुलाई सहज हुने विद्यालयका प्रअ केदार बहादुर कार्कीले बताउनुभयो ।

शिख नमुना अावाशीय मा.वि.शिख,म्याग्दीको छात्रावास भवनकाे अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या.डम बहादुर पुन ज्युबाट शिलान्यास सु-सम्पन्न भयाे

Posted by MyagdiNews.com on Saturday, June 20, 2020

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार