नेपालमा थप १४४ जनामा कोरोना संक्रमण

काठमाण्डौं । देशका विभिन्न जिल्लामा १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ १ सय ४४ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमितमध्ये १० हजार दुई सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको ज्यान गएको छ । नेपालमा हालसम्‍म २ लाख ८९ हजार ३ सय ७१ वटा परीक्षण पीसीआर विधिबाट गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार