बाढी पहिरो पिडितका लागि मोना कतारद्वारा सहयोग संकलन सुरु

अमित बिश्वकर्मा
बेनी ,आइतबार असार २८ गते ।

म्याग्दीको धौलागिरी गाउँपालिका – ६ मराङ, मालिका गाउँपालीका– ७ बिम र जिल्लाका अन्य भेगहरुमा बिहिबार राती गएको पहिरोबाट प्रभाबित बनेकाहरुलाइ राहतका लागि म्याग्दी प्रबासी नेपाली संघ ( मोना) कतारले आर्थिक संकलन अभियान सुरु गरेको छ ।

संस्थाको आकस्मिक कोषबाट कतारी रियाल दुइ हजार सहयोग गर्दै अभियान सुरु गरिएको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले बताउनुभयो । आर्थिक संकलनका लागि संस्थाका प्रथम उपाध्यक्ष नरेन्द्र फगामीको संयोजकत्वमा देबि कँडेल र अजय कुँवर सदस्य रहेको आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ ।

जिल्लामा निम्तिएको प्राकृतिक प्रकोपले अकल्पनिय रुपमा धनजनको क्षति पु¥याएको भन्दै पिडितहरुको दुखमा थोरै भएपनि मल्हम लगाउनका लागि सहयोग संकलन गर्न सुरु गरिएको समितिका संयोजक नरेन्द्र फगामीले बताउनु भयो । यस बिपतमा सहयोगका लागि कतारमा रहेका म्याग्देलीहरु तथा त्यहाँ रहेका नेपाली संघ, संस्था, बुद्धीजीबि तथा सामाजिक ब्यक्तिहरुमा मोना कतारले अपिल गरेको छ ।
एक हप्ता संचालन गरिने अभियानबाट संकलन भएको रकम मोना अन्तराष्ट्रिय कार्यसमितिको Ôमोना आपतकालिन कोष ा प्रदान गरिने अध्यक्ष पौडेलको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार