बाढी पहिरो पीडितका लागी म्याग्देली युवा आवाजद्वारा दुई लाख रुपैयाँ सहयोग

बेनी ,आइतबार असार २७ गते ।
स्वदेश तथा बिदेशमा रहेका स्वतन्त्र म्यादीका युवाहरूको सामाजिक संजालको समुह म्यादेली युवा आवाजले म्याग्दीका बाढी पहिरो पीडितको राहतका लािग दुई लाख रुपैयाँ सहयोग गरेको छ । समुहका प्रतिनिधि खेम केसी , रबि कार्की ,छबी आचार्य,नवीन केसी र सतीष श्रेष्ठ र जगत गैरेले बेनीमा आइतबार एक कार्यक्रमका बिच जिल्ला विपद ब्यवस्थापन कोषका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई पहिलो चरण अन्तर्गत दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

युवा आवाजका सदस्य म्याग्दी घर भइ दक्षिण कोरियामा रहेका दिनेश केसी ,अस्ट्रेलियामा रहेका हिक्मत श्रेष्ठ , जापानमा प्रकाश विश्वकर्मा र दुबईमा प्रकाश शर्माको संयोजकत्वमा संकलन गरेर पठाएको सो रकम हस्तान्तरण गरिएको समुहका प्रतिनिधि कार्कीले बताउनुभयो । उहाँका अनुसार बाढी पहिरो पीडितहरुको सहयोगार्थ पहिलो चरण अन्तर्गत दुई लाख रुपैयाँ जिल्ला विपद व्यवस्थापन कोषलाई हस्तान्तरण गरिएको हो ।

बिहिवार परेको अविरल बर्षापछी बस्ती माथीबाट खसेको पहिरोमा परेर जिल्लाको धवलागिरी गाउँपालिका–६ मराङमा १८ जना र मालिका गाउँपालिका–७ बिममा ८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी चार जना बेपत्ता छन । यसैगरी सोही समुहले पोखरा स्थित मणिपाल अस्पतालमा उपचाररत मराङका मञ्जिता श्रीपालीलाई १५ हजार रुपैयाँ सहयोग गरेको छ । सो समुहले यसअघि कोरोना र डेङ्गु प्रभावित जिल्लाका विभिन्न ठाउँमा झुल र मास्क वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार