म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि,१६ जना निको भएर घर फर्किए

बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मालिका गाउँपालिका–७ का २६ बर्षिय युवामा कोरोना संक्रमण देखिएको हो । ती युवा गत असार १८ गते कुवेतबाट आएर बेनी स्थित क्वारेन्टाइनमा बसेका स्वास्थ्य कार्यालय मयाग्दीले जनाएको छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २५ पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म १६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार