जन्मदिनमा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

बेनी ,शनिबार बैशाख १३ गते ।
जन्मोत्सवमा हुने फजुल खर्च कटाएर यहाँका एक व्यक्तीले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–७ निवासी युवा व्यवसायी सुविन श्रेष्ठले शनिबार परेको आफ्नो जन्मदिनको अवसरमा बैज्ञानिक डा. महाविर पुन अध्यक्ष रहेको सो आविस्कार केन्द्रलाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

सो आर्थिक सहयोग मोबाइल बैंक मार्फत राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरिएको श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय आविस्कार केन्द्रले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीका लागि पिपिर्ई तथा अन्य सामागी्र निर्माण गरिरहेको प्रति धन्यवाद व्यक्त गर्दै सो अभियानलाई योगदान पु¥याउने उद्धेश्यले आर्थिक सहयोग गरिएको उहाँको भनाई छ ।

‘अहिले भगवान भनेको स्वास्थ्यकर्मी नै हुन्’, उहाँले भन्नुभयो , ‘राष्ट्रिय आविस्कार केन्द्रले कोरोना विरुद्धको लडाईमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिई तथा अन्य सामाग्री निर्माण गरिरहेको छ । राष्ट्रिय आविस्कार केन्द्रलाई सलाम गर्न चाहन्छु । राष्ट्रिय आविस्कार केन्द्रको अभियानलाई केही योगदान यु¥याउन सकियोस् भनेर जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेको हुँ ।’


जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुहुँदै श्रेष्ठले संकटमा सरकारलाई सहयोग गर्न समेत सबैलाई अपिल गर्नुभएको छ । म्याग्दी जेसिजका पुर्व अध्यक्ष समेत रहनुभएका युवा व्यवसायी श्रेष्ठ म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार