वडा अध्यक्ष शेरचनद्वारा ब्यक्तिगत रुपमा साढे चार लाख रुपैयाँ बढीको खाद्यान्न बितरण

तुलप्रसाद पुन
ओखरबोट , शनिबार बैशाख २० गते ।
म्याग्दीको मालिका गाउँपालिका-४ का वडा अध्यक्ष दिलिपकुमार शेरचनले ब्यक्तिगत रुपमा वडा भित्रका अति बिपन्न,दलित तथा एकल महिलाका परिवारलाई खाद्यान्न बितरण गर्नुभएको छ । वडा अध्यक्ष शेरचनले  लकडाउनबाट प्रभावित परिवारलाई ब्यक्तिगत रुपमा  चार लाख  ५० हजार रुपैयाँ मुल्य  बराबरको दैनिक उपभोग्य खाद्य  सामग्री राहत स्वरुप बितरण गर्नुभएको हो ।

वडा अध्यक्ष शेरचनले वडाका जनप्रतिनिधि ,राजनीतिक दल लगायतको रोहवरमा शनिबार खबाङका ६६,ओखरबोटका १२८ ,छापका ६१ ,च्युरिबोटका ८५ घर परिवारलाई प्रति परिवार १० केजी चामल ,दुई केजि नुन र एक पोका तेल लगायत दैनिक उपभोग्य खाद्यान्न सामाग्री बितरण गर्नुभएको छ । 

बाकी छुटेका महभिर र फुलबारीमा आइतबार बितरण गरिने वडा अध्यक्ष शेरचनले बताउनुभयो ।
महामारी कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावित परिवारलाई  दैनिक उपभोग्य खाद्यान्न सामाग्री बितण गरिएको बताउनुभयो ।

´लामो समयको लकडाउनले दलित , गरीब ,बिपन्न  बर्ग तथा एकल महिलाहरु समस्यामा  परेकाले उनिहरुलाई राहत पुगोस् भन्ने उदेश्यले सहयोग गरेको हुं`, वडा अध्यक्ष शेरचनले भन्नुभयो । राहत बितरणमा कार्यपालिका सदस्य मनरुपा घर्ती ,नेकपा वडा कमिटी अध्यक्ष रेशम पुन र समाजसेवी शेरबहादुर घर्ती लगायतको उपस्थिति रहेको छ ।

यस अघि गाउँपालिकाले  पनि लकडाउनबाट प्रभावित  सात वटै वडाका नागरिकलाई पहिलो चरण अन्तर्गत राहत बितरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार