म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ५ पुग्यो

म्याग्दी,सोमबार बैशाख २२ गते । म्याग्दीमा आइतबार एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । जिल्लाको बेनी नगरपालिकाका–५ पुलाचौर ,भिरमुनिबाट बेनी अस्पतालमा उपचारका लागि आएकी विरामीमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर तथा सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

file photo

ती विरामीमा एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएको थियो । यससंगै म्याग्दीमा डेङ्गु संक्रमितको संख्या ५ पुगेको छ । यसअघिका डेङ्गु संक्रमित मध्य दुई जना बेनी अस्पतालमा उपचाररत छन् , भने अन्य उपचारपछि निको भएर घर फर्किएका छन् । यसअघि जिल्लाका विभिन्न ठाउँबाट उपचारका लागि आएका माघ २ गते १ जना ,बैशाख ९ गते १ जना ,बैशाख १८ गते १ जना ,बैशाख १९ गते १ जना गरी चार जनामा डेङ्गु पोजेटिभ देखिएको थियो ।

अस्पतालको रेकर्ड अनुसार गत बर्ष १३ जना र बाहिरी अस्पताल तथा क्लिनिकमा गरी २० जना भन्दा बढीमा डेङ्गु संक्रमण देखिएको थियो । गर्त बर्षको डेङ्गु संक्रमितको तथ्याङ्कको आधारमा विभिन्न ठाउँलाई जोखिम क्षेत्र घोषणा गरिएको मेडिकल रेकर्डर तथा सुचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

‘म्याग्दीमा यो बर्ष माघ दुई गते उपचारका लागि अस्पताल आएका विरामीमा पहिलो डेङ्गु पोजेटिभ देखिएको थियो,आइतबार एक जनामा डेङ्गु पोजेटिभ देखीए संगै संक्रमितको संख्या ५ पुगेको छ ’ मेडिकल रेकर्डर सुवदेलीले भन्नुभयो । वारीबेनीको मल्लाजचोक ,कालिपुल बसपार्क ,मंगलाघाट ,गणेशटोल र पुलाचौर लगायत ठाउँलाई जोखिम क्षेत्र घोषणा गरिएको मेडिकल सुपरभाइजर सुवेदीले जानकारी दिनुभयो ।

डेङ्गु संक्रमण बढ्ढै गएपछि म्याग्दी डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एक जनामा डेङ्गु पोजेटिभ देखिएपछि सावधानी र सतर्कता अपनाउन अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले आग्रह गर्नुभयो । लामखुट्टेको टाेकाइबाट डेङ्गु संक्रमण हुने भन्दै डा.बस्ताकोटीले फोहोर र पानी जम्ने ठाउँ सफाइ गर्न सुझाव दिनुभयो । बर्षातको समय सुरु भएसंगै गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ,टायर र गमला लगायतमा विशेष सफाईमा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार