युवा व्यवसायी कंडेलद्धारा मास्क र स्यानिटाइजर सहयोग

बेनी ,मंगलबार बैशाख २३ गते ।
म्याग्दीको बेनी नगरपालिका–३ घर भई हाल काठमाण्डौंमा बस्दै आउनुभएका युवा व्यवसायी रविन कंडेलले स्यानिटाइजर र मास्क सहयोग गर्नुभएको छ । महामारी कोरोना भाइरस (कोभिड–१९) को जोखिमका बेला अग्रपंतिमा रहेर स्वंयसेवक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र सुरक्षित रुपमा काम गर्नका लागि कंडेलले वडा कार्यालयलाई स्यानिटाइजर र मास्क उपलब्ध गराउनुभएको स्वंसेवक तथा हिमचुली युवा क्लबका अध्यक्ष दिपक पुन मगरले जानकारी दिनुभयो ।

युवा व्यवसायी कंडेलले करिब २० लिटर स्यानिटाइजर र ४ सय थान मास्क वडा अध्यक्ष पदम पुनलाई मास्क र स्यानिटाइजर हस्तान्तरण गनुभएको हो । सहयोगप्रति धन्यवाद दिनुहुँदै वडा अध्यक्ष पुनले मास्क र स्यानिटाइजर कोरोना जोखिमका बेला अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र स्वंयमसेवकहरुलाई वितरण गरिने जानकारी दिनभुयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार