रघुगंगाको बेग र पञ्चासेमा असिनापानीले क्षति, गाउँपालिकाद्धारा अनुगमन

दलप्रसाद तिलिजा
बेग,विहिबार बैशाख २५ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ नं.वडा भगवतिको पञ्चासेमा असिनापानीले खेतीबालि र भौतिक संरचनामा क्षति पु¥याएको छ । बुधबार दिउँसो परेको असिनापानीले पाकेर भित्र्याउने बेला भएको गहुँ,मकै,सुन्तला, जौ, उवा लगायत हिउदे बाली असिनाले चुटेर नष्ट गरेको हो । मकै, सिमि लगायत बर्खेबालीका बिरुवा, तरकारी र सुन्तला लगायत फलफुल खेतिमा पनि असिनाले क्षति गरेको पञ्चासेका झलक आचार्यले जानकारी दिनुभयो ।

असिनाले ९० प्रतिशत खाद्यान्नबाली नष्ट गरेको छ । कृषकहरु निराश भएका छन् । यसैगरी गाउँपालिकाले विहिबार असिनापानिले क्षती पु¥याएको ठाउँमा स्थलगत अनुगमन गरेको छ । गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारी,प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी ,योजना शाखाका संयोजक दयाराम पौडेल ,कार्यपालिकाका सदस्य ,कर्मचारी र सुरक्षाकर्मीको सहितको टोलीले स्थलगत अनुगमन गरेर क्षतीको विवरण संकलन गरेको छ ।

राहत व्यवस्थापनका लागि शुक्रबार कार्यपालिकाको बैठकको आह्वान गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष भण्डारीका अनुसार शुक्रबार कार्यपालिको बैठक बसेर क्षतीको आधारमा राहत व्यवस्थापनको निर्णय गर्नेछ । उहाँका अनुसार बुधबार साँझ चिमखोला जाने बाटो मर्मत गरेर सडक सुचारु गरिएको छ । कालिगण्डकी करिडोर आयोजनाले बेनी –जोमसोम करिडोर अन्तर्गत बेगखोला बाढीले अवरुद्ध सडक मर्मत गरेको छ ।

‘स्थलगत अनुगमन गरी बुधबार दिउँसो परेको असिनापानीले तरकारीखेती र भौतिक संरचनामा पु¥याएको क्षतीको विवरण संकलन गरेका छौं,’ अध्यक्ष भण्डारीले भन्नुभयो ,‘शुक्रबार बस्ने कार्यपालिकाको आकस्मिक बैठकले क्षतीकोे आधारमा राहत व्यवस्थापनको बारेमा निर्णय गर्नेछ ।’

यसअघि पनि वैशाखको १ गते राती रघुगंगा गाउपालिकाको भगवति, पिप्ले, दग्नाममा परेको असिनापानीले खेतिबाली र भौतिक संरचनामा क्षति गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार