म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ९ पुग्यो

म्याग्दी ,शुक्रबार बैशाख २६ गते । म्याग्दीमा एकैदिन थप दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । शुक्रबार बेनी अस्पतालमा उपचारका लागि आएका बेनी नगरपालिका–५ पुलाचौर, भिरमुनिका २५ बर्षिय पुरुष र वडा नं. ६ स्थित छापका २० बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

file photo

उहाँका अनुसार संक्रमित सामान्य विरामी मध्य एक जनालाई चिकित्सको सल्लाहअनुसार घर पठाइएको छ भने एक जनालाई अस्पताल भर्ना गरिएको छ । यससंगै म्याग्दीमा डेङ्गु रोगीका विरामीको संख्या ९ पुगेको छ । नौै जना डेङ्गू संक्रमित विरामी मध्य बूधबार भर्ना भएका एक जना सहित तीन जना मात्र अस्पतालमा उपचाररत छन् । अन्य उपचारपछि निको भएर घर फर्किएको सुचना अधिकारी सुवेदीले जानकारी दिनुभयो । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो ।

यसअघि बूधबार मात्र दूई जनामा डेङ्गु पोजेटिभ देखिएको थियो । तनहुँको दमौली घर भई बेनी नगरपालिका – मंगलाघाटका एक र मंगला गाउँपालिका –१ भर्जुलाका एक जनामा जाँच गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । म्याग्दीमा पहिलोपटक माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो ।


बैशाख ९ गते मंगला–५ अर्मनका १७ वर्षका पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो ।वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर घई बेनी–५ भिरमुनी बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको थियो । यसअघि भेटिएका डेङ्गुका एक जना बिरामीको स्वास्थ्यमा अन्य समस्या देखिएकाले पोखरा रिफर गरिएको छ ।


डेङ्गुको जोखिमबाट बच्न सावधानी र सतर्कता अपनाउनुपर्ने बेनी अस्पतालका क्लिनिकल प्रमुख डा.नवराज बस्ताकोटीले बताउनुभयो । यो वर्ष अन्य ठाउँमा समेत विस्तार भएको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो ।

बर्खा र गर्मी मौसमको समयमा लामखुट्टे सक्रिय हुने भएकाले विशेष सरसफाईमा ध्यान दिनुपर्ने डा.बस्ताकोटीको सुझाव छ । बेनी बजारको गणेशटोल, मंगलाघाट, बसपार्क ,कालिपुल ,पारीबेनी र पुलाचौर स्थित भिरमुनीलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो ।यसैगरी म्याग्दीमा डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान चलाइएको छ ।

५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण हुन् । टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ ।गत वर्ष १३ जना डेङ्गु संक्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परिक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार