धौलागिरी लघुवित्तद्धारा मालिकाको विपद व्यवस्थापन कोषलाई आर्थिक सहयोग

बेनी ,मंगलबार जेठ ०६ गते ।
धौलागिरी लघुवित्तले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोबिड –१९को रोकथाम नियन्त्रणका लागि म्याग्दीको मालिका गाउँपालिकाले स्थापना गरेको विपद राहत व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिकाको वडा नं. ६ दरबाङ्गमा शाखा रहेको वित्तिय संस्थाका शाखा प्रवन्धकद्धय लोकबहादुर घर्ती र टंक ढकालले गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुलाई १० हजार रुपैयाँ उपलब्ध गराउनुभएको हो ।

महामारी कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषलाई आर्थिक सहयोग गरिएको शाखा प्रवन्धक घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा नै पुगेर गाउँपालिका उपाध्यक्ष बिटालुलाई हस्तातरण गरिएको हो ।


संस्थाको सहयोगप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुहुँदै उपाध्यक्ष विटालुले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । बागलुङ्गमा मुख्य कार्यालय रहेको सो संस्थाले यस्ता मानविय र परोपकारी कार्यमा सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार