म्याग्दीमा १ जनामा कोरोना संक्रमण पुष्टि

बेनी ,विहिबार जेठ १५ गते ।
भारतबाट आएर म्याग्दी बेनीकाे क्वारेन्टाइनमा बसेका एक जनालाई नोभेल कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण पुष्टि भएको छ । गत जेठ ९ गते सुनौली नाकाबाट आएका जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारि दिनुभयो ।

बुधवार १४ जनाको स्वाव संकलन गरि पठाईएकोमा एकजनामा कोरोना पुष्टि भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।

कोरोना संक्रमित बेनी स्थित न्यु वेष्टप्वाइन्टको क्वारेन्टाइनमा बसेका थिए ।कोरोना पुष्टि भएपछि बेनि अस्पतालको आईसोलेशनमा राख्ने तयारि गरिएको अध्यक्ष कटुवालले बताउनुभयो । अस्पतालले सबै तयारि गरेको कटुवालले बताउनुभयो ।


बुधवार १४ जनाको स्वाव संकलन गण्डकी प्रदेशले स्थापना गरेको प्रयोगशालामा परिक्षणका लागि पठाईएको थियोे । विहिवार थप २९ जनाको स्वाव संकलन गरि पठाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार