रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

थम्मन थापा
बागलुङ,शुक्रबार जेठ १६ गते ।

गलकोट नगरपालिका भित्र रहेका विभिन्न दलित सञ्जालहरुले पश्चिम रुकुमको घटनाको भत्सना गर्दै दोषिलाई कारबाहिको माग गरेका छन् । गलकोटमा पत्रकार भेटघाट कार्यक्रम गरि नगरपालिका भित्रका विभिन्न दलित सञ्जालहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै दलित भएकै कारण दलित समुदायका व्यक्ति २१ औ शताब्दिमा समेत विभिन्न घटनाहरुको सिकार बन्नुपरेको भन्दै पश्चिम रुकुमको अमानविय घटनाको भत्सना गर्दै विज्ञप्ती मार्फत घटनाको दोषिलाई कारबाहिको माग गरेका हुन् ।

घटनाको भत्सना गर्दै विज्ञप्तीमा लेखिएको छ पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं ९ सोती निवासी शुष्मा मल्ल सँगको अन्तरजातिय प्रेम सम्बन्धका कारण स्थानिय गाँउलेहरुको कुटाईबाट जेठ १० गते राती जाजरकोट भेरी नगरपालिका वडा नं ४ राना गाँउका नवराज बि।क, चौरजहारी वडा नं ६ का टिकाराम बि।क, र गणेश बुढा मगरको हत्या भएका एवम् भेरी नगरपालिकाका १८ वर्षिय सन्जु बि।क, १७ वर्षिय गोबिन्द शाहि र १८ वर्षिय लोकेन्द्र सुनारलाई वेपत्ता पारिएको घटनाले सिङ्गो दलित र मानव समुदायलाई आक्रोसित बनाएको छ । यो घटनाले हामी सबैलाई स्तब्ध एवम् मर्माहत बनाएको छ भने अर्को तर्फ यो घटनाले संविधान र लोकतन्त्रको उपहास गरेको छ ।

अन्तरजातिय विवाह एवं प्रेम सम्बन्ध राखेकै र दलित भएकै कारण विगतमा काभ्रका अजित मिजार सप्तरीका शिव शंकर दास, झापाकि अस्मिता तुलुङ्गे सार्की, तनहुकी संगिता परियार , सिन्धुपालचोकको माया तिरुवा, म्याग्दीकि सविता नेपाली लगायतका दलित युवा युवतीहरुको श्रृअलाबद्ध रुप्मा हत्या भएको छ । यी सबै घटनाहरुको आलो घाउँमा न्यायिक रिुपण नभईरहेको सन्दर्भमा चौरजहारी हतया प्रकरणले राज्य प्रणाली माथि दलित समुदायको आशा र भरोसा गुम्दै गईरहेको छ ।

अतः संवैधानिक रुपमा वर्नित भइसकेको जायि विभेदज जन्य सामाजिक अपराधलार्य प्रश्रय दिदै अन्तरजातिय प्रेम गरेको कारण व्यक्ति हत्या गरिनु र नरसम्हार मच्याउनु निन्दनिय छ । उक्त पासबिक घटनामा संलग्न दोषिहरुलाई हदै सम्मको कानुनी कारवाही गर्न साथै वेपत्ता पारिएका युवाहरुको यथाशिघ्र खोजी गर्न र मृतक नवराज बि।क, टिकाराम बि.क र गणेश बुढा लगायतका पिडित परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराई जिउ ज्यानको सुरक्षाका लागि सरकार समक्ष जोडदार माग गर्दछौ ।

यस्ता घटनाले हाम्रो कामुनी राज्य र सिंगो समाजकै नाक काटिएको छ । कुनै प्रलोभन र राजनैतिक आस्थाका आधारमा दोषिलाई उन्मुक्ति हुने वातावरण सिर्जना भए सशक्त चरणबद्ध आन्दोलन तयारी गर्नुेपर्ने वातावरण सिर्जना बाध्य नपारियोस् । लेखिएको छ । विज्ञप्तीमा विभिन्न दलित सञ्जालका प्रमुखहरुले हस्ताक्षर गरि दोषिलाई हदै सम्मको कारबाहिको माग गरिएको छ ।

विज्ञप्ती मार्फत विभिन्न दलित सञ्जालका प्रमुख एवम् प्रतिनिधिहरुले घटनाको दोषिलाई हदै सम्मको कारबाहि नभए र पिडितलाई क्षतिपुर्ति उपलब्ध नगराए जस्तो सुकै आन्दोलन गर्न समेत आफुहरु पछि नपर्ने समेत चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार