म्याग्दीबाट पठाइएको २९ जनाको स्वाब रिपोर्ट नेगेटिभ

बेनी ,शनिबार जेठ १७ गते । भारतबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका (कोभिड–१९) कोरोना भाइरसको आशंकामा म्याग्दीबाट पठाइएका २९ वटा नमूना स्वाब परिक्षणको नतिजा नेगेटिभ देखिएको छ। जेठ १० गते भारतको सिमा नाकाबाट उद्धार गरि बेनीको म्याग्दी बहुमुखुी क्याम्पसको क्वारेन्टिनमा बसेका मध्य २९ जनामा कोरोना नभएको पुष्टि भयको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभएको ।

उनिहरूको १५ गते स्वाब संकलन गरि पोखरा स्थित प्रयोगशालामा कोरोना परिक्षण गर्न पठाइएकोमा शनिबार दिउँसो उनिहरु सबै २९ जनामा कोरोना संक्रमण नभएको हो ।यसअघि जेठ ९ गते आएका १४ जनाको स्वाब परिक्षण गर्दा १३ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको थियो ।

जेठ ११ गते आएका २० जनाको जेठ १६ गते स्वाब संकलन गरि परिक्षणका लागि पोखरा पठाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बेनीको म्याग्दी बहुमुखी क्याम्पस र न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिनमा १०३ जना छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार