‘करिमको खेल’ गीतको म्युजिक भिडियो सार्वजनिक

म्याग्दी ,शनिबार जेठ १७ गते ।
‘करिमको खेल’गीतको म्युजिक भिडियो सार्वजकि भएको छ । म्याग्दीका गायक लोकेन गर्बुजाको स्वर तथा समाजसेवी तथा सर्जक जंग बहादुर पुन मगरको शब्द तथा सृजना रहेको सो गितको म्युजिक भिडियो शनिबार युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियो सर्जक पुन मगरको आधिकारीक युट्युव च्यानल (Janga Pun ) मार्फत सार्वजनिक गरिएको हो ।

उक्त गितको म्युजिक भिडियोमा कलाकार शुशिल पुन र रक्षा पौडेलको मुख्य अभिनय रहेको छ । कास्कीको विभिन्न ठाउँमा छायाङकन गरिएको सो गितको म्युजिक भिडियोको निर्देशन सरोज अधिकारीको रहेको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका–६ खिबाङ्गका गायक गर्बुजाको स्वर रहेको उक्त गितलाई उत्कृष्ट भएको भन्दै सफल सांगितिक यात्राको शुभकामना दिन थालेका छन् ।

सो गित गाउँघरमा साथीभाइहरुसंग विताएका बालापन र आफ्नो जिवन कहानीमा आधारित रहेको सर्जक पुन मगरले बताउनुभयो । जिल्लाको अन्नपुर्ण गाउँपालिका–६ घर भई हाल बेलायतमा बस्दै आउनुभएका समाजसेवी एव् पुर्व बेलायती गोर्खा सैनिक जंग पुन मगर मोना नेदरल्याण्डका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ । यस अघि राष्ट्रिय गीत सृजना गरिसक्नुभएका सर्जक पुन मगरले अर्को गीत ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो । उक्त गितको म्युजिक भिडियो यहाँ https://youtu.be/_vduJv9f5m0 हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार