धौलागिरी लघुवित्तका सबै कर्मचारीको कोरोना बिमा

बेनी ,सोमबार जेठ १९ गते ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना सम्पुर्ण कर्मचारीहरुको कोरोना बिमा गरेको छ । बागलुङमा केन्द्रिय कार्यालय रहेको लघुवित्त संस्थाले प्रति कर्मचारी १ लाख रुपैयाँ बराबरको अजोड इन्स्योरेन्स लिमिटेड मार्फत काेराेना बिमा गराएकाे हाे ।

विश्वव्यापी महमारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस संक्रमणको समयमा कर्मचारीहरुको स्वास्थ्य ख्याल गर्दै कोरोना भाइरसबाट हुनसक्ने सम्भावित जोखिमको रक्षावरणका लागि कोरोना बिमा गराइएको लघुवित्तका कायममुकाय प्रमुख कार्यकारी अधिकृत शिवराम जोशिले जानकारी दिनुभयो ।उहाँले बिमा सम्झौताले कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

धौलागिरी लघुवित्तको ३६ वटा शाखा कार्यालय रहेका छन् । सम्झौताअनुसार अब संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुको कोरोना भाइरस परिक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ आएमा इन्सुरेन्स बिमाका रकम क्षतिपुर्ति बापत उपलब्ध गराउने अजोड इन्स्यारेन्स लिमिटेड पर्वत शाखा प्रमुख हरि सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार