सुर्योदय लघुवित्तद्धारा मालिका गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग

बेनी ,सोमबार जेठ १९ गते ।
सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले म्याग्दीको मालिका गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाको वडा नं.६ दरबाङ्ग शाखा कार्यालयका प्रमुख दधिलाल किसानले कोरोना रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई दश हजार रुपैयाँ बराबरको चेक उपलब्ध गराउनुभएको हो ।

सहयोगप्रति संस्थालाई धन्यवाद व्यक्त गर्नुहुँदै अध्यक्ष रोका मगरले अगामी दिनमा पनि निरन्तर सहयोगको आशा व्यक्त गर्नुभयो । गाउँपालिकाका अध्यक्ष रोका मगरले महामारी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग परिचालन गरिने बताउनुभयाे ।

बिश्वभर महामारीको रुपमा फैलिएको नोभेल कोराना भाईरस (कोभिड– १९) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा सबैले रकम जम्मा गरि सहयोग गरिदिन हुन गाउँपालिकाका अध्यक्ष रोका मगरले अनुरोध समेत गर्नुभएको छ ।

गाउँपालिकाले यतिबेला सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखेकाले नगद, अथवा जिन्सी लगायत खाद्यान्न सामग्री वितरणमा दोहोरोपना नपर्ने गरि एकरुपता ल्याउनका लागि गाउँपालिका लाई हस्तान्तरण गरि सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष रोका मगरको अनुरोध छ ।

विश्व्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)रोकथाम, नियन्त्रण तथा व्यवसथापनका लागि गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापन गरेको जानकारी दिनुहुँदै पहिलो चरण अन्तर्गत गाउँपालिकाले सातै वडा भित्रका लकडाउनबाट प्रभावित गरिब,विपन्न ,तथा श्रमिक परिवारलाई दैनिक खाद्यान्न राहत वितरण गरिएको बताउनुभयो ।

कोरोना रोकथाम ,नियन्त्रण तथा व्यवस्थापनको लागि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई सहयोग गरी मालिका गाउँपालिकाले संचालन गरेको अभियानलाई सहयोग पु¥याउने उद्धेश्यले आर्थिक सहयोग उपलब्ध गराइएको शाखा कार्यालय प्रमुख किसानले बताउनुभयो । कोरोना रोकथाम ,नियन्त्रण तथा व्यवस्थापका लागि गाउँपालिकाले ३० लाख रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार