नेबिसंघ म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बेनी ,मंगलबार जेठ २० गते ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघ ,जिल्ला कार्यसमिति म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत शैक्षिक संस्था खोल्न अगाडि सबै विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारी विद्यालयमा वा सामुदायिक क्यापसमा बनाइएका क्वारेन्टाइन तत्काल अन्यत्र स्थानमा ब्यवस्थापन गर्न माग सहितको ज्ञापनपत्र पठाएको हो ।

असार १ गतेदेखि पठनपाठन गराउने सरकारको आव्हान तत्काल फिर्ता गरेर पहिला कार्ययोजना प्रस्तुत गर्न र सरोकारवालासंग छलफल गरेर विद्यार्थी र अभिभावकको स्वास्थ्य रक्षाका लागि गम्भीर बन्न माग गरेको बुझाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेबि संघ म्याग्दीका सभापती निर्मल खत्रीले प्रमुख जिल्ला अधिकारी ढकाललाई ज्ञापनपत्र बुझाउदै बिगत २ महिनाभन्दा बढी समयसम्म लकडाउन रहेको र बाहिरी (गाउँ) जिल्लाबाट पढ्न आएका केही विद्यार्थी अझै पनि घर जान नपाएर अफ्ठ्यायो परिस्थितिमा छन् । ती विद्यार्थीहरुलाई घर फर्किने ब्यवस्थापनका गर्न र ईन्टरनेटको पहुच सबै ठाउँमा नपुगेका कारणले निजी विद्यालयले अनलाइन कक्षा सुरु गरेर त्यसलाई आधिकारिक कक्षाकै रूपमा संचालन गरि शुल्क लिएकोे पाएमा नेपाल बिद्यार्थी संघले यस्ता निजि बिद्यालयलाई शिलबन्दी गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार