थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९१२ पुग्यो

काठमाडौं,शुक्रबार जेठ २३ गते । नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार दुई सय ७८ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएका छन् ।

हालसम्म पीसीआर विधिबाट ८८ हजार ३६६ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ३२ हजार ९६६ जनाको परीक्षण भएको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. देवकोटाले बताउनुभयो । त्यसैगरी कोरोनाबाट ज्यान गुमाउनको संख्या ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार