कोरोना परिक्षणको दायरा नबढाउँदा संक्रमणको जोखिम उच्च

थम्मन थापा
बागलुङ,शुक्रबार जेठ २३ गते ।

२ जना संक्रमित निको भएर घर फर्के पछि जिल्लामा अवस्था सामान्य नै थियो । विस्तारै छिमेकी मुलुक भारत बाट अहिले दिनहुँ सयौंको संख्यामा जिल्ला भित्रिने क्रम बढ्दो छ । देशभर अहिले अधिकांश कोरोना संक्रमित भारत बाट नै आएका नागरिकमा बढी मात्रामा पाइएको छ । सरकारले कोरोना परिक्षणको दायरा प्रर्याप्त मात्रामा बढाउन सकेको छैन ।

पछिल्लो समय जिल्लामा भारतबाट आएका करिव ११ सय जनाको स्वाव परिक्षण गर्न बाँकी रहेको छ । विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण र जारी लकडाउनको अवस्थामा पनि भारतका विभिन्न स्थानबाट आएका नागरिकहरु स्थानिय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसिरहेका छन् ।

क्वारेन्टाइनमा रहेका करिव १ हजार १ सय जनाको स्वाव संकलन र परिक्षण गर्न बाँकी छ । भारतबाट आएर स्थानिय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका १ हजार ३ सय बढि नागरिकहरुमध्ये करिव २ सय जनाको मात्र स्वाव संकलन गरिएको र बाँकी ११ सयको हाराहारीमा रहेकाहरुको स्वाव संकलन र परिक्षण बाँकी रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

स्वाव संकलन गरिएका २ सय जनाको पिसिआर परीक्षणका लागि पोखरा पठाइएको भएपनि रिपोर्ट भने आउन ढिलाइ भएको उहाँको भनाई छ । भारतवाट आउने क्रम बढिरहेको अवस्थामा जिल्लामा व्यवस्थित क्वारेन्टाइन नहुँदा दैनिक कोरोना संक्रमणको जोखिम बढ्दै गएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये अधिकांश जिल्लामा कोरोना संक्रमण देखिन थालेपछि पिसिआर रिपोर्टका लागि २ देखि ४ दिनसम्म प्रतिक्षा गर्नुपर्ने अवस्था आउन थालेको धौलागिरी अस्पतालले जनाएको छ ।

यता जिल्लामा कोरोना संक्रमित बढे सँगै स्थानीयमा त्रास समेत बढ्न थालेको छ । जिल्ला भर कोरोना संक्रमणको संख्या वृद्धि भए पछि अहिले आइसोलेशन कक्षको समेत समस्या भएको छ । सरकारले स्थानिय तहमा आइसोलेशन कक्ष निर्माण गर्न रणनीति गरेको भन्दै स्थानीय तहले गुनासो समेत गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार