म्याग्दीबाट पठाइएको २८ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

बेनी ,आइतबार जेठ २५ गते । म्याग्दीबाट पठाइएको २८ जनाको नमुना स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जना, स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी १ जना, पहिलो संक्रमितको रूममेटहरू २ जना र अन्य १ जना गरी २८ जनाको स्वाब संंकलन गरि परिक्षणका लागि पोखरा पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

भारतबाट आएका समेत गरि हालसम्म १७९ जनाको स्वाव संकलन गरि पठाइएकोमा १५६ जनाको नेगेटिभ, २ जनाको पोजेटिभ र २१ जनाको रिपोर्ट आउन बाँकी छ । कोरोना संक्रमित २ जना युवाको बेनिको खुल्ला मञ्च स्थित आइसोलेसन कक्षमा उपचार भइरहेको छ । उनिहरूको स्वास्थ्य अवस्था सामान्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार