म्याग्दी खोलाले बगाएर बेपत्ता भएका थापाको शव फेला

बेनी ,आइतबार जेठ २५ गते ।

गत मंगलबार म्याग्दी खोलाले बगाएर बेपत्ता धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापाको शव फेला परेको छ । गत मंगलबार म्याग्दीको मालिका गाउँपालिका–६, छ्यारछ्यारे स्थित क्वारेन्टाइन नजिक म्याग्दी खोलामा नुहाउन गएका थापालाई पाैडी खेल्ने क्रममा खाेलाले बगाएकाे थियाे । बेपत्ता थापाको शव मालिका–६ , बाङ्गेपहिरो स्थित म्याग्दी नदी किनारमा भेटीएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

फाइल तस्बिर

क्वारेन्टाइनमा बस्दै आएका थापा गत मंगलबार दिउँसो खोलामा नुहाउन जाने क्रममा बेपत्ता भएका थिए । अाइतबार खोजीकार्यको क्रममा भेटीएकाे थापाकाे शब पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याउने तयारी भइरहेको छ । बेपत्ता थापाको खोजीकार्यका लागि शसस्त्र प्रहरीको पोखराबाट ६ जना विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको गोताखोर टोलीलाई समेत परिचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार