कोटगाउँमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

बेनी ,बुधबार जेठ २८ गते ।
म्याग्दीको रघुगंगा गाउँपालिका –६ ,कोटगाउँमा मध्यरातमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । साविक पाखापानी गाविस वडा नं ७ स्थित पहिरोमा पुरिएर ५० वर्षीया हमाया शेरपुञ्जा र ४ बर्षिया नातिनि सिम्रन छन्त्यालको मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुजाले जानकारी दिनुभयो ।

राती करिब १२ बजेतिर उनीहरु सुतिरहेको गोठमा लेदोसहितको पहिरो आएपछि गोठ नै पुरिएको हो । गोठमा सुतिरहेका उनीहरु अचानक गोठ माथिबाट पहिरो आएपछि बाहिर निस्कन नसक्दो पहिरोले पुरिएका हुन् । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयबासीले हमाया र सिम्रनको मृत फेला पारेका वडा अध्यक्ष शेरपुजाले बताउनुभयो ।


पहिरोले परिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको कच्ची गोठमा रहेका अन्नपात, भाडाबर्तनलगायत सबै नष्ट भएको छ । पशु चौपायको भने क्षति भएको छैन ्। थप उद्दार र अनुसन्धानका लागि जिल्लाबाट प्रहरी टोली घटनास्थल गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार