तरुणदल म्याग्दीको रक्तदान कार्यक्रममा ४० जनाले रगत दान गरे

बेनी ,शुक्रबार जेठ ३० गते ।
नेपाल तरुणदल म्याग्दीको रक्तदान कार्यक्रमा ४० जनाले रगत दान गरेका छन् । नेपाली कांग्रेस ,म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा नेपाल तरुणदल ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र रक्त सञ्चार केन्द्र बेनीको संयोजनमा शुक्रबार बेनी अस्पतालमा स‌ंचालन गरिएकाे सो रक्तदान कार्यक्रममा ४० जनाले रगत दान गरेकाे तरुणदल म्याग्दीका सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो ।

लकडाउमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको तरुणदल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्यालले बताउनुभयो । सभापति गर्बुजाले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीवन बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुने र कार्यक्रमको आयोजना गर्ने नेपाल तरुणदल ,म्याग्दीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ म्याग्दीका सभापति निर्मल खत्री,जिल्ला सदस्य ,कर्मचारी ,जनप्रतिनिधि लगायतले रगत दान गरेका थिए । कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,उपसभापति माद्यवप्रसाद रेग्मी ,सचिव क्याप्टेन मिनबहादुर कार्की ,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ , जिल्ला सहसचिव भरत रकाल ,नेपाल महिला संघ ,म्याग्दीका सभापति विमला गौचन र जिल्ला सदस्य केबी भण्डारी ,जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्साल ,बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवाल तथा विद्यार्थी जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार