घुम्टे साँस्कृतिक तथा प्रकृतिक संरक्षण मञ्चको बैठक सम्पन्न

सुरेश छन्त्याल
गलकोट,सोमबार असार ०१ गते ।

विश्वव्यापी माहामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कहर संगै सामाजिक दुरी कायम गर्दै घुम्टे साँस्कृतिक तथा प्रकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका १० पाण्डबखानीको बैठक सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा बसेको बैठकले विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण गलकोट नगरपालिका –१० ले पाण्डबखानीका विपदमा परेका व्याक्तिको उद्धारका लागि व्यवस्थापन गरेको विपद व्यवस्थापन कोषमा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले रु।२५ हजार आर्थिक सहयोग गर्ने, २०७६र७७ को युवा तथा खेलकुदमा विनियोजित रकम हरेक वर्ष घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले सदुपयोग गर्दै आएको तर वडा कार्यालयले यस वर्ष कल्बसंग समन्वय नगरी एकपक्षीय रुपमा भलिबल र नेट किन्ने निर्णय भएको खबर पाएपछि उक्त निर्णयमा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चको ध्यानाकर्षण भएको र वडा कार्यालयमा असार ३ गते यश विषयमा सरसल्लाह गर्ने, साथै युवाहरुको माग अनुसार फुटबल संञ्चालन पनि एउटा महत्त्वपूर्ण रोजाइ भएको कारण फुटबल खेललाइ संञ्चालन तथा व्यवस्थापन गर्ने, क्लबको बैठक हरेक महिनाको अन्तिम शनिबार बस्ने निर्णय भएको क्लबका सचिव दिप घर्तिले जानकारी गराउनु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार