नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,मंगलबार असार ०२ गते । नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार ३८० जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६हजार ५ सय ९१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो ।

अहिलेसम्म १ हजार १ सय ५८ जना उपचार पछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार