बागलुङ सहित चार जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा,शुक्रबार असार ०५ गते । बागलुङ सहित चार जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ गलकोट नगरपालिकाका ८ र काठेखोला गाउँपालिकाका ६ गरी १४ जना ,नवलपरासी (बर्दघाट सुस्ता पुर्व) बिनयत्रवेणी गाउँपालिकाका २,कास्की पोखरा महानगरपालिकाका ५ र रुपा गाउँपापलिकाका १ गरी ६ जना र स्याङजा पालिका नखुलेको १ र कालिगण्डकी गाउँपालिकामा १ गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित सबै भारतबाट आएका हुन् । क्वारेन्टाइनमा बसेका उनिहरुलाई सम्न्धीत जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३४८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार