गण्डकी प्रदेशमा ३२ संक्रमित थपिए, संक्रमितको संख्या ३८० पुग्यो

पोखरा ,शुक्रबार असार ०५ गते । गण्डकी प्रदेशका तीन जिल्लमा थप ३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका तनहुँका १७ जना पुरुष, बागलुङका ९ जना पुरुष तथा १ महिला र पर्वतका २ पुरुष तथा ३ महिला रहेका छन् । पर्वतका संक्रमितहरु भने स्वास्थ्यकर्मी हुन ।

संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार