नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं,शुक्रबार असार ०५ गते । नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संगै संक्रमितहरुको कुल संख्या ८२७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो ।

हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । शुक्रबार २ सय १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। भने हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार