रुकुम पश्चिम नरसंहार बिरुद्ध म्याग्दीमा सडक धर्ना

अमित बिश्वकर्मा
बेनी ,आइतबार असार ०७ गते ।
संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीले आइतबार बेनीमा सडक धर्ना कार्यक्रम गरेको छ । गत जेठमा भएको रुकुम नरसंहार लगाएत देश भरिका जातीय हत्या एबँ बिभेद बिरुद्ध दोषिलाइ कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसको हो ।

मध्यान्ह १२ देख १ बजे सम्म बसेको धर्नामा संघर्ष समितिका पदाधिकारी, दलित युवा संजालका पदाधिकारी, दलित जनप्रतिनिधि दलित नेता तथा अभियन्ताहरुको उपस्थिति रहेको थियो । कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै अनिबार्य मास्क प्रयोग र सामाजिक दुरी समेत कायम गरि कार्यक्रम गरिएको हो ।

धर्ना कार्यक्रम पछि आयोजित कोण सभालाइ सम्बोधन गर्दै स्वतन्त्र दलित अधिकारकर्मी लालु किसानले सरकारका गृह मन्त्री राम बहादुर थापाले रुकुम घटनाको ढाकछोप गर्न खोजेको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले राजनितिक पार्टीमा आबद्ध दलित नेताहरुलाइ दलितका मुद्धा उठाउनका लागि पार्टीमा खबरदारी गर्न अनुरोध गर्नु भयो । तत्कालीन माओबादीको १० बर्षे जनयुद्ध, एमाले र कांग्रेसको बिभिन्न राजनैतिक गतिबिधिमा पनि दलितको महत्वपुर्ण भुमिका रहेको स्मरण गर्दै किसानले यो आन्दोलनलाइ समर्थन गर्न सम्पुर्ण दलहरुलाइ आग्रह गर्नु भयो ।

त्यस्तै नेपाली कांग्रेस म्याग्दीकी सदस्य एबँ महिला नेतृ मन कुमारी बिश्वकर्माले छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको भनेर संबिधानमा लेखेको कुरा ब्यबहारमा कार्यान्वयन हुन नसक्नु बिडम्वना भएको बताउनु भयो । उहाँले रुकुम घटनाका दोषिलाइ कार्बाहीको माग गर्दै संर्घष समितिले गरेको शान्तीपुर्ण बिरोध कार्यक्रमलाइ साथ दिन सम्पुर्ण जिल्ला बासीहरुलाइ अनुरोध गर्नु भयो ।

कोण सभामा बोल्दै नेकपाका गण्डकी प्रदेश सदस्य एबँ दलित मुक्ती संगठनका केन्द्रिय सदस्य टेक बहादुर बिश्वकर्माले रुकुम घटनामा नबराज बिक सहित छ जनाको कुटीकुटी हत्या नभएको, खोलामा डुबेर मृत्यु भएको भन्ने पोष्ट मार्टमको रिपोर्ट गलत भएको र घटनालाइ सामान्य बनाउन खोजिएकोले बिरोध गर्दै सडकमा आउन बाध्य पारिएको बताउनु भयो । घटनाको सत्य तथ्य छानबिन गरि दोषिलाइ कार्बाह गर्न सरकार चुकेमा न्यायका लागि अन्तराष्ट्रिय अदालत सम्म जान सकिने उहाँको भनाइ थियो ।

गणतन्त्र आइसकेपछि पनि जातीय बिभेदकै कारण नेपालमा २४ जना दलितले ज्यान गुमाउनु परेको प्रति आक्रोस ब्यक्त गर्दै बिश्वकर्माले यस्ता घटनाले ६० लाख दलितलाइ आफनो धैर्यता र संयतालाइ तोड्न बाध्य पारिन खोजीएको पनि उल्लेख गर्नु भयो । कोण सभा दलित संघर्ष समितिका संयोजक याम किसानको अध्यक्षता र सदस्य भोज बहादुर थापा किसानको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार