अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)

पोखरेबगर ,आइतबार असार ०७ गते ।

म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँँपालिकाले आगमी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ । पूर्णपाठ पढ्नुहोस ।

सभाका अध्यक्ष महोदय,

उपस्थित गाँउकार्यपालिकाका सदस्यज्यूहरु, गाँउसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासिकय अधिकृत,गाँउपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु, सुरक्षाकर्मीहरु एवं उपस्थित सम्पुर्ण मानुभावहरु,

१. संघ, प्रदेश र स्थानीय तह बिचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै जनसहभागिता,उत्तरदायित्व,पारदर्शिता,सुनिश्चित गरी सुलभ र गुणस्तरिय सेवा प्रवाह गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरुप समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्न, स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारीणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न नेपालको संविधान बमोजिम गठित स्थानीय सरकारको रुपमा अन्नपुर्ण गाँउपालिकाको आ. व. ०७७।७८ को निति तथा कार्यक्रम यस गरिमामय गाँउसभा समक्ष प्रस्तुत गर्न पाँउदा मैले गौरव महसुस भएको छ।

२. सामन्ती, निरंकुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद, उत्पिडनको अन्त्य गर्न तथा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताका प्रतिनिधिमार्फत राज्य सञ्चालन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको उज्यालो युगमा पुर्याउने क्रममा साहदत प्राप्त गर्ने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरु प्रति भावपुर्ण श्रादञ्जली अर्पण गर्दछु । राष्ट्रियता, लोकतन्त्र र अग्रगामी परिवर्तननको लागि नेपाली जनताले पटक(पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपुर्ण इतिहासलाई स्मरण एवं शहिदहरु तथा वेपत्ता र पिडित नागरिकहरुलाई उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु ।

४। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाईरस ९कोविड १९० को संक्रमणबाट देश विदेशमा मृत्यु भएका सम्पुर्ण नेपालीहरुमा भावपुर्ण श्रादञ्जली व्यक्त गर्दै, शोकशन्तव्द परिवारमा धैर्य धारणा गर्ने शक्ति प्राप्त होस भनी कामना गर्दछु ।साथै संक्रमित सबै नागरिकहरुको पुर्ण स्वास्थ्य लाभको कामना गर्दछु । यस गाँउपालिकामा कोरोना भाईरस फैलिन नदिन उच्च शतर्कता अपनाउने कार्यमा सहयोग गर्ने जनप्रतिनिधीहरु, कर्मचारीहरु, सुरक्षाकर्मीहरु, सुचना र सचेतना सम्प्रेषण गर्ने पत्रकारहरु, आम नागरिक तथा विरामीहरुको हेरचाह र उपचारको लागि अग्रपंतिमा रहि काम गर्ने स्वास्थ्य कर्मीहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

५. लोकतन्त्रको आधार स्तम्भ र जनताको घरदैलोको सरकार एवं जनताले सजिलै भेटन र अनुभव गर्न सक्ने सरकारको रुपमा रहेको स्थानीय सरकारले आम जनताको विकास प्रतिको आकांक्षा र भावना तथा सुलभ र गुणस्तरिय सेवा प्रवाहको निम्ति अहोरात्र खटेर काम गरिरहेको छ । जनताका आवश्यकता र आकांक्षालाई उच्च प्राथामिकता दिदै संविधान र कानुनले दिएको अधिकारको प्रयोग गरी शसक्त स्थानीय सरकारको रुपमा काम गर्नु आजको आवश्यकता हो । वर्तमान जटिल र चुनौतिपुर्ण अवस्थामा प्रभावकारी सेवा प्रवाह गर्न, विकास आयोजना र कार्यक्रमहरु सञ्चालन गर्न सदा सजग र संवेदनशिल रही स्थानीय सरकारले काम गर्दैछ, नतिजा ल्यादैछ, अघि बढदै छ, यस कार्यको लागि सबैसँग समन्वय र सहकार्य गरिरहेको छ र आगामी दिनमा गरिरहने छ ।

६. नेपालको संविधानले परिकल्पना गरेको तिन तहको सरकार, त्यसका अधिकार क्षेत्र र संघ, प्रदेश र स्थानीय सरकार विचको सहकार्य, सहकारिता, सहअस्तित्व, समन्वयको मर्म अनुसार नेपाल सरकार, गण्डकी प्रदेश सरकारको निति, लक्ष्य, उद्देश्य, सममसिमा र प्रकृयासँग अनुकुल हुने गरी सुशासन,विपद व्यवस्थापन, लैङगिक तथा सामाजिक समावेशीकरण जस्ता अन्तर सम्बन्धित विषय, दिगो विकासको लक्ष्य प्राप्तिको निति तथा कार्यक्रमलाई मध्यनजर गर्दै ३ वर्ष स्थानीय सरकार सञ्चालन गरेको अनुभव र गाँउसभाबाट पारित ऐन, नियम तथा कार्यपालिकाबाट जारी भएका कार्यविधि, मापदण्ड र निर्देशन समेतका आधारमा आ। व। २०७७।७८ को निति तथा कार्यक्रम तय गरिएको छ ।

अध्यक्ष महोदय,

७ स्थानीय सरकार जनताको भावना, आवश्कता र जनआकांक्षा पुरा गर्न, आम नागरिकको जिवनस्तरमा सुधार ल्याउन पारदर्शी, प्रभावकारी, दिगो विकास कार्यमा दृढ संकल्पका साथ अगाडी बढिरहेको छ।कार्यालयको आफ्नो नाममा भवन नहुनु,दरबन्दी अनुसारको कर्मचारीहरुको व्यवस्था नहुनु, कार्य सञ्चालनमा योजनाहरुको प्राथामिकीकरण र वितरणमा संघ, प्रदेश र स्थानीय तह बिच समन्वय नहुनु र आयोजनाहरुको वर्गिकरण र वितरण समयमा हुन नसक्नु, विश्व व्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरस (कोविड -१९)को प्रभावले लामो समय देश लकडाउन हुनु जस्ता अनेकन व्यवधानका विच स्थानीय सरकारले हासिल गरेका केही महत्वपुर्ण उपलब्धीहरु यस सम्मानित सभा समक्ष प्रस्तुत गर्न अनुमति चाहन्छु ।

८। संविधानले नै स्थानीय सरकारले गर्ने कार्यहरु निर्दिष्ट गरेको छ । विकास, सुशासन प्रभावकारी सेवा प्रवाह, स्थानीय नेतृत्वको विकास र समृद्धीको लागि स्थानीय तहलाई प्राप्त अधिकारको क्षेत्र भित्रका विषयमा ३९ वटा महत्वपपुर्ण ऐन, नियम, निर्देशिका, कानुन, कार्यविधी, मापदण्ड र आदेश जारी भई १२ वटा स्थानीय राजपत्रमा प्रकाशित समेत भई कार्यान्वयमा आएका छन ।अन्य नियम कानुनहरु स्थानीय राजपत्रमा प्रकाशनको क्रममा रहेका छन । यसबाट स्थानीय तहमा विधायिकी, कार्यकारणी र न्यायिक अभ्यासलाई संस्थागत गर्दै कानुनी र कार्यविधिगत आधार तयार भएको छ,काम कारबाहीमा थप सहजता आएको छ ।

९.स्थानीय तहमा न्यायिक अभ्यासलाई संस्थागत गर्न संविधानको धारा २१७ बमोजिम न्यायिक समिति गठन भई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ ले व्यवस्था गरे अनुसार सबै वडामा मेलमिलाप केन्द्र गठन भई सामान्य विवादहरुको समाधान गर्ने कार्य भईरहेका छन ।न्यायिक समितिमा दर्ता भएका विवादहरुको आपसी छलफल र मेलमिलापको माध्यमबाट निरुपण गर्ने गरिएको छ । कानुनी शासन र न्यायिक अभ्यासको स्थानीय स्तरबाट आभास गरिएको छ ।

१०.प्रर्याप्त प्राविधिक जशक्तिहरुको समयमा व्यवस्थापन नहुनु, अवधी नपुग्दै कर्मचारीहरुको सरुवा हुनु, विश्व व्यापी रुपमा फैलिरहेको कोविड १९ को कारण स्थानीय सरकारको लक्ष्य, उद्देश्य र समम सिमामा विकास कार्यहरु सम्पन्न गर्न नसकिएको यथार्थताका बिच आ. व.०७६।७७ मा प्रक्षेपण गरिएको राजस्व रकम संकलन गर्ने लक्ष्यमा भने स्थानीय सरकार सफल रहेको छ ।लक्ष्य तोकिएको भन्दा बढी राजस्व संकलन भएको छ । ज्येष्ठ मसान्त सम्म आन्तरिक आम्दानीबाट रु १ करोड १२ लाख ३ हजार १ सय ८३ राजस्व संकलन भएको छ ।

११. स्थानीय स्तरको शौक्षिक ज्ञान, सिप र प्रविधिको संरक्षण प्रवर्द्धन, विकास गर्न गाँउ शिक्षा समितिको गठन भई आधारभुत तहको परिक्षा सञ्चालन, व्यवस्थापन, अनुगमन र नतिजा प्रकाशनको लागि कार्यविधि निर्माण गरी सो अनुरुप कक्षा ८ को परिक्षा मर्यादित एवं व्यवस्थित रुपमा सम्पन्न गरिएको छ ।यस वर्ष सुचना तथा प्रविधिको प्रयोग गरी कक्षा ८ को परिक्षाको नतिजा स्थानीय सरकारको वेवसाइट मार्फत नै सार्वजनिक गरिएको छ ।

१२ प्रारम्भिक वाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई थप प्रोत्साहन गरिएको छ । विद्यालयको शौक्षिक विकास र शिक्षकहरुको क्षमता विकासको लागि लेखन तथा पठन सिप सम्बन्धी तालिम सञ्चालन भएको छ ।

१३ गण्डकी प्रदेश सरकार सँगको सहकार्यमा शिख माध्यमिक विद्यालय नमुना विद्यालयको रुपमा विकास गर्ने कार्यको थालनी भएको छ ।

१४ विद्यार्थीहरुको खेल प्रतिभा प्रस्फुटन गराउन र स्वस्थ सक्षम एवं अनुशासित नागरिक तयार गर्न खेलकुदको विकास मार्फत एकता सुदृढ गर्न राष्ट्रपति रनिङशिल खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ ।

१५. सहभागितामुलक विकास योजना तर्जुमा प्रकृयामार्फत चालु आर्थिक वर्ष ०७६।७७ मा गाँउपालिका, गण्डकी प्रदेश सरकार, संघीय सरकारबाट स्थानीय स्तरका विकासको लागि २०३ वटा वार्षिक योजना तथा कार्यक्रम बनाई कार्यान्वय गर्दै गर्दा ज्येष्ठ मसान्त सम्म चालु तथा पुजीगत खर्चको प्रगति ३३ दशमलब ६८ प्रतिशत खर्च भएको छ । अन्य योजनाहरु सम्पन्न भई अन्तिम किस्ता भुक्तानीको प्रकृयामा रहेकोले अषाढ मसान्त सम्म खर्च प्रतिशत बढने प्राय निश्चित छ ।

१६ गाँउपालिका क्षेत्र भित्र योजनाहरु सञ्चालन गर्दा प्रयोग गरिने हेवी ईक्युप्मेन्ट, डोजरहरु सञ्चालनको लागि गाँउपालिकामा सुचिकृत गर्ने कार्यको थालनी गरिएको छ सो कार्यलाई आगामी वर्ष थप व्यवस्थित गरिने छ।

१७ आकस्मिक रुपमा घटेका परिस्थिति जन्य अवस्थामा तत्काल गर्नु परे कार्यमा कार्यपालिकाको बैठक अनुसार सभाबाट विनियोजन भएको रकमबाट नै व्यवस्थापन र सञ्चालन गरिदै आएको छ।संघीय सरकारबाट प्राप्त भएको शर्शत अनुदान, प्रदेश सरकारबाट प्राप्त भएको समपुरक अनुदान, अन्य कार्यालय, सघं संस्थाबाट प्राप्त बजेट तथा कार्यक्रमहरुलाई तोकिए बमोजिमको कार्यविधी अनुसार तोकिएको क्षेत्रमा नै कार्यान्वयन गरिएको छ ।

१८। सुशासन तथा सेवा प्रवाह सँग जोडिएका योजना तथा कार्यक्रमहरु करिब सम्पन्न भई सकेका छन।यसबाट जनप्रतिनिधीहरु निति, निर्माण र विकास कार्यको अगुवाईको भुमिका, अनुगमन, मुल्यांकन जनताको विकास प्रतिको लगाव प्रष्ट देखिएको छ, यसमा स्थानीय सरकार सशक्त र सचेत हुदै छ ।

१९। योजना तथा कार्यक्रमा प्रभावकारीता ल्याउन, गुणस्तरिय, दिगो विकासको लागि सुचना तथा प्रविधिको उपयोग गरी बिद्युतिय बोलपत्रको माध्यमबाट विकास योजनाहरु सञ्चचालन गर्ने कार्यको थालनी गरिएको छ । यस कार्यलाई आगामी वर्ष थप व्यवस्थित र प्रभावकारी बनाइने छ ।

२०। रु ३ लाख रुपैया सम्मका योजना तथा कार्यक्रमहरु सम्बन्धित वडामा नै सम्झौता गरी कार्य सम्मपन्न पछि एकमुष्ट रकम भुक्तानीको लागि मात्र गाँउपालिकामा आउने सरल र सहज वातावरण निर्माण गरिएको छ

२१. समन्वय, सहकारिता र सहअस्तित्वको लाई सिद्धान्तलाई स्वीकार गर्दै स्थानीय सरकारले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्युनिकरण, स्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको लागि संघीय सरकार तथा प्रदेश सरकार एवं अन्य निकाय सँगको साझेदारी, सम्झौता वा संयुक्त व्यवस्थापनमा बृहत पुर्वाधार निर्माण लगायतका कार्यहरु गर्दै आएको छ ।

२२. कोभिड १९ को सम्भावित संक्रमणको कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई दैनिक जिवन यापनको लागि स्थानीय तहबाट राहत वितरण गरि स्थानीय सरकारको अनुभुती दिलाईएको छ ।

२३ विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि स्थानीय सरकारले गर्नु पर्ने पहल कदमी समन्वय र व्यवस्थापन सन्दर्भमा सिमा नाकामा अलपत्र परेका नागरिकहरुको उद्धार गर्ने, तातोपानीको सर्वोदय मा. वि. मा र सबै वडाका स्वास्थ्य चौकीमा क्वारेनटाईन निर्माण गर्ने, सबै वडाहरुमा कोविड रोकथाम तथा नियन्त्रण समन्वय समिति गठन गर्ने, क्वारेन्टाईनमा बसेकाहरुको आर. डी. टी. परिक्षण गर्ने कार्य गरिएको छ । केश इन्भेष्टिगेशन एन्ड कन्ट्रायक ट्रेसिङ टिमको गठन गरी सो टिमबाट कार्य प्रारम्भ गरीएको छ ।आगामी दिनमा समेत कोभिड १९ को असर र प्रभाव रहिरहने देखिएकोले यसको रोकथाम र नियन्त्रणको लागि सबैको सहयोग, समन्वय, सदभाव र सहकार्य आवश्यक छ ।

२४।प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न पाउने संवैधानिक हकलाई प्रत्याभुति गर्न स्वास्थ्य चौकीहरुबाट निशुल्क रुपमा वितरण हुने ‍औषधी र स्वास्थ्य सेवा आम नागरिकले अनुभुति गर्न सक्ने गरी वितरण र प्रवाह गरिएको छ । लामो समय औषधी लिईरहनु पर्ने दिर्घ रोगीहरुले कोभिड -१९ को प्रभावले नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण नियमित औषधी लिन नपाएकोले गाँउपालिकाको पहलमा वडाहरुबाट तथ्यांक संकलन गरी सम्बन्धित व्यक्तिको घर घरमा नै औषधी पुराउदै आएको छ । यसबाट आम नागरिकले घर दैलोमा स्थानीय सरकारको अनुभुति गर्न पाएका छन ।

२५ सरल, सहज प्रभावकारी र गुणस्तरिय रुपमा नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हकको संरक्षण गर्दै कोभिड १९ को संक्रमण र लकडाउनको अवस्थामा दादुरा रुवेला खोप अभियान, नसर्ने रोग सम्बन्धी सचेतना कार्यक्रम, नियमित रुपमा सञ्चालन हुने नियमित तथा पूर्ण खोप, परिवार नियोजन, सुरक्षित मातृत्व लगायत अन्य स्वास्थ्य संस्थाबाट कार्यक्रहरु सञ्चालन भएका छन। राष्ट्रिय क्षयरोग कार्यक्रमको लागि माईक्रोस्कोप र राष्ट्रिय खोप कार्यक्रमको लागि आइसलाइन रेफ्रीजेरेटरको व्यवस्थापन गरिएको छ ।

२६. गाँउपालिका क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्न, नयाँ पर्यटकिय गन्तव्यको विकास गर्न, स्थानीय स्तरमा खेलकुदको सञ्चालन तथा विकास एवं स्थानीय स्तरमा रहेका खेल प्रतिभाहरुको सम्भावना उजागर गर्न सञ्चालन गरिएको अध्यक्ष कप खेलकुद प्रतियोगिता तथा प्रथम अन्नपुर्ण पर्यटन महोत्सवले गाँउपालिकाका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गरि विकास गर्न र स्थानीय खेलाडीहरुको क्षमता प्रस्फुटन गराउन थप टेवा पुगेको छ ।

२७.अनुदानमा आधारित कृषि सामाग्रीहरु स्प्रेट्यांकी, विषादी, हिउदे आलु, तरकारी विउ, प्लाष्टिक टनेल, भकारो सुधार, साना सिचाई, विउ विजन वितरण गरी कृषिको व्यवसायिकरण, विविधिकरण र आधुनिकिकरण गर्न खोजिएको छ ।

२८ ८ वटै वडामा उन्नत बोयर जातको बोका वितरण, पशु उपचारको लागि निशुल्क औषधी, वहुवर्षे घाँस, लगायतका कृषकहरुको हित र प्रोत्साहन गर्ने कार्यक्रमहरु सञ्चालन गरिएको छ

२९. प्राकृतिक वा मानविय रुपमा घटित विपदका घटनाबाट क्षतिको रोकथाम गर्ने वा क्षति कम गर्ने वा घटना घटि सकेपछि उद्दार गर्ने कार्य स्थानीय सरकारले गर्दै आएको छ । पिडित जनजिवनको पुनर्वास, पुनस्थार्पना विकास सम्मका कार्य संघीय सरकार र प्रदेश सरकारको समन्वयमा हुदै आएका छन ।

३० विपदको कारणबाट मृत्यु भएका, आगोलागी भई घर गोठ जलेका, असाध्य रोग लागेका, चट्याङको कारणले भेडा बाख्रा मरेका विपन्न नागरिकहरुको स्वास्थ्य उपचारार्थ विपद व्यवस्थापन कोषबाट ततकाल बजेट प्रबन्ध गरी आर्थिक सहायता समेत प्रदान गरि रहेका छौ । यस्ता कार्यहरुमा विपद व्यवस्थापन कोषबाट जेष्ठ मसान्त सम्म ३ लाख २६ हजार राहत वितरण गरिएको छ ।

३१ विपन्न र आर्थिक अवस्था कमजोर भएका ततकाल अस्पताल पुराउनु पर्ने बिरामीहरुको लागि गाँउपालिकाले सहुलियत दरमा एम्बुलेन्स सेवा उपलब्ध गराईरहेको छ आगामी दिनमा यस कार्यलाई थप व्यवस्थित बनाईने छ ।

३२ अपांगता भएका व्यक्ति तथा असहायहरुलाई परिचय पत्र वितरण लागि अपांग परिचयपत्र वितरण सम्बन्धी कार्यविधी २०७६ पारित गरी २०७७ ज्येष्ठ मसान्त सम्म १६ जना अपागता भएका व्यक्तिहरुको परिचय पत्र वितरण गरिएको छ ।

३३ ज्येष्ठ नागरिक परिचय पत्र वितरण गर्ने कार्यको सुरुवात गरिएको छ ।२०७७ ज्येष्ठ मसान्त सम्म १० जना ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको छ।महिलाको शशक्तिकरण र आयआर्जन बढाई आर्थिक अवस्थामा सुधार ल्याउन ५ नं वडामा गुडिया कुशन बनाउने र ७ नं वडामा चुरापोते बनाउने तालिम सम्पन्न गरिएको छ ।

३४ सवै वडाहरुको सामाजिक सुरक्षा भत्ता वैक मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाईएको छ । दिर्घ सेवा सम्मान बापत आ व ०७६।७७ को दुई चौमासिकमा ४ करोड ५१ लाख २३ हजार आठ सय रुपैया मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

३५ उपलब्ध जनशक्ति, नेतृत्वदायी र सक्षम जनप्रतिनिधि सबैको समन्वय र सहकार्य दृढ संकल्पले यस वर्षको असहज परिस्थितिमा स्थानीय सरकारबाट भएका कार्यहरु उत्साह वर्धक छन । स्थानीय सरकारले लिएका नितिहरुको कार्यान्वयनबाट स्थानीय नेतृत्वको विकास र स्थानीय शासन पद्दति सुदृढ हुने प्रशस्त आधारहरु तयार भएका छन । हरेक दिन एक नयाँ काम गर्ने गरी अघि बढने स्थानीय सरकारको दृष्टिकोण र मान्यताका कारण अन्नपुर्ण गाँउबासी नागरिकमा उत्साहको सञ्चार भएको छ ।

३६ सुचना प्रविधिको उपयोग गरी गाँउपालिकाबाट भएका आर्थिक कारोबारको लेखांकन चुस्त दुरुस्त र यथार्थ समयमा नै विवरण प्राप्त गर्ने गरी सुत्र ९क्ग्त्च्ब्० प्रणाली मार्फत कार्य थालनी गरिएको छ ।

३७ गाँउपालिकाबाट भएका विकास निर्माण कार्य, विविध जानकारीहरु नागरिले सरल र सहज रुपमा पाउनको लागि गाँउपालिकाको वेवसाइटमा राखिएको छ । गाँउपालिकाबाट भएका महत्पुर्ण क्रियाकलाप र जानकारीहरु गाँउपालिकाको वेवसाईट मार्फत प्रकाशन गर्ने गरिएको छ।ऋचष्कक ःबलबनझभलत क्ष्लायचmबतष्यल क्थकतझ ९ऋःक्ष्क्० सञ्चालन गरी सो प्रणाली मार्फत विपद व्यवस्थापन कार्यमा संघ र गण्डकी प्रदेश सरकार र अन्य निकाय सँग समन्वय गरि राखिएको छ ।

३८ गाँउपालिका भित्रको कर्मचारीको विवरण संकलन गरी वेवसाईटमा राखिएको छ । गाँउपालिका भित्रको महत्वपुर्ण स्थानहरुको डिजिटल नक्सांकन गर्ने काम भईरहेको छ ।

३९. कर्मचारी समायोजन पश्चात सृजित कर्मचारी अभावको अवस्थामा पनि कर्मचारीहको उच्च कार्य सम्पादन एवं लगनशिलताको कारण गुणस्तरिय सेवा प्रवाहमा चुस्तता आएको छ। तथस्टता, पारर्दशिता, प्रतिवद्धता उत्तरदायित्व र जवाफदेहीता प्रवर्धन भएको छ । स्थानीय सरकारका प्रतिफल नागरिकलाई पुराउन कर्मचारी वर्गबाट भएको सकरात्मक भुमिकाको सदैव स्मरण गरिने छ ।

अध्यक्ष महोदय,

अब म गाँउपालिकाको आर्थिक वर्ष २०७७।७८ का लागि प्रस्तावित निति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१ यस प्रस्तावित निति तथा कार्यक्रमले विकास निर्माण, उत्पादन र उत्पादकत्व बृद्दि रोजगारी सिर्जना, स्थानीय नेतृत्वको विकास,स्थानीय स्तरमा श्रममा आधारित रोजगार कार्यक्रम कोभिड १९ को असर र प्रभाव नियन्त्रण गर्ने र यसको जोखिम कम गर्ने, प्राप्त लाभहरुको समन्यायिक वितरण, न्यायपूर्ण समाज, प्रभावकारी सेवा प्रवाह, दिगो र सन्तुलित विकास समसामायिक मामिलाहरुको सम्बोधन, जनताको चेतनाको स्तर बृद्धि कानुनी शासनको प्रत्याभुतिलाई प्राथामिकतामा राख्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नेतर्फ केन्द्रित छन ।

२ गाँउपालिका अध्यक्षले वडा अध्यक्षसँग र प्रमुख प्रशासकिय अधिकृतले शाखा प्रमुखसँग मापन योग्य सुचकहरु सहित कार्यसम्पादन सम्झौता गरी सम्बन्धित कर्मचारी तथा पदाधिकारीहरुलाई नतिजा प्रति थप जवाफदेही र जिम्मेवारी बनाईने छ ।त्यसै गरी जनप्रतिनिधी र कर्मचारीको क्षमता अभिबृद्धि गरी विकास र सेवा प्रवाहमा गुणस्तर कायम गर्न तालिम प्रशिक्षण र अभिमुखिकरणका साथै अवलोकन भ्रमण गराईनेछ ।

३ विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि व्यवस्थित रुपमा क्वारेन्टाइनको सञ्चालन गर्न यसको असर प्रभाव र संक्रमणको न्युनिकरण गर्न तत्काल गर्नु पर्ने कार्यको लागि विपद व्यवस्थापन कोषको स्थापना गरी प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।

४ गाँउपालिकाबाट नक्सा पास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड विपरित निर्माण कार्य गरिएका संरचनालाई कानुनी दायरामा ल्याई त्यस्तो कार्यलाई निरुत्साहित गरिने छ । गाँउपालिका क्षेत्र भित्रको सडकको मापदण्ड तोकी सडक मापदण्ड लागु गरिने छ । गाँउपालिकाले तोकेको सडकको मापदण्ड क्षेत्र भित्र बनेका संरचना जुनसुकै बखत हटाइने छ ।

५ गाँउपालिका क्षेत्रभित्रका सहकारीहरुको तथ्यांक संकलन गरी, सहकारी संस्थाको दर्ता, अनुमति, नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सञ्चालनमा रहेका सहकारी संस्थाहरुको प्रर्वधन, परिचालन र विकास गरिने छ । स्थानीय व्यापार वस्तुको माग, आपुर्ति तथा अनुगमन उपभोक्ता अधिकार तथा हित सम्बन्धी जनचेतना र स्थानीय बजारको व्यवस्थापन र नियमित अनुगमनको व्यवस्था मिलाईने छ ।

६ सबै नागरिकहरुमा बैक तथा वित्तिय साक्षरता अभिबृद्धि गर्न वैकहरुको समन्वयमा सघन रुपमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिने छ ।

७ गाँउपालिकाले हाल लिदै आएको कर राजस्व, शुल्क, दस्तुर आदिलाई थप व्यवस्थित र नियमन गरिने छ । असल करदातालाई सम्मान र समयमा नै कर तिर्ने करदातालाई विशेष छुटको व्यवस्था गरिने छ । ठप्प रहेको पर्यटन क्षेत्र, मन्द भएको व्यापार र बन्द रहेका उधोगहरुको सवलीकरणको लागि न्युन करको दर कायम गरी कर छुट दिने व्यवस्था मिलाईने छ ।

८ जनसंख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौतिक पुर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषी, उधोग, व्यापार, रोजगारी, मानव विकास, प्रतिव्यक्ति आय, कुल गह्यस्त उत्पादन, लैङगिक सशक्तिकरण सुचकांक, राजस्व तथा आय व्यय समेतको तथ्यांक संकलन र प्रशोधन गरी नविनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सुचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा स्रोत नक्साको अध्यावधिक अभिलेख गरिने छ ।

१० संविधानले व्यवस्था गरेको आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको प्रत्याभुतिको लागि निशुल्क रुपमा औषधी वितरण, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अनुभुति हुने खालका कार्यक्रम सञ्चालन गरिने छ ।

११ गाँउपालिका भित्रका सबै बालबालिकाहरुलाई आधारभुत तथा माध्यमिक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराएर साक्षर गाँउपालिका बनाउने निति अवलम्बन गरिने छ । सबै विद्यालयलाई बाल मैत्री बनाईने छ ।विद्यालयहरुको गुणस्तर अभिबृद्धि, सामुदायिक विद्यालयको शौक्षिक पुर्वाधार निर्माण मर्मत, सम्भार, सञ्चालन र व्यवस्थापनलाई विशेष प्राथामिकता दिइने छ । वाल विकासमा कार्यरत सहयोगी कार्यकर्ताको लागि थप प्रोत्साहन प्रदान गरिने छ ।

१२ गाँउपालिकाभित्रको सम्पुर्ण शौक्षिक गतिविधिहरुलाई नीति, कानुन, मापदण्ड बनाइ व्यवस्थित र प्रभावकारी बनाइने छ ।संघीय सरकारको नीति अनुरुप विद्यार्थी संख्याको आधारमा सामुदायिक विद्यालय समायोजन गर्ने निति अबलम्बन गरिने छ ।

१३ शिक्षण सिकाईमा प्रविधीको प्रयोग बढाइ दिगो सिकाइ, शौक्षिक ज्ञान, सिप र प्रविधिको विकास र शौक्षिक गतिविधीहरुको प्रभावकारी कार्यान्वयनको लागि शिक्षकहरुलाई तालिम र क्षमता विकास कार्यक्रमरु सञ्चालन गरिने छ ।

१४ यस क्षेत्रको परिवेश र अनुकुल हुने कक्षा १(३ को स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी लागु गरिने छ ।

१५ विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटन, पहिचान र विकास स्थानीय ज्ञान, सिप र कला प्रदर्शन र प्रचार प्रसार एवं शौक्षिक क्रियाकलापको प्रवर्धनको लागि शौक्षिक प्रदर्शन मेला सञ्चालन गरिने छ ।

१६ स्थानीय स्तरको विकास योजना छनौट र कार्यान्वयमा वस्तुनिष्ठ र प्रभावकारी बनाउन योजनाको प्राथामिकिकरण कार्य सहज बनाउन गाँउपालिकाको पञ्चवर्षिय योजना तयार गरी कार्यान्वयनमा ल्याइने छ ।

१७ ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, विधवा, बालवालिका, लगायतलाई नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्रत्याभूत गर्दै आएकमा स्थानीय सरकारले जोखिममा रहेका असहाय, अनाथ, अशक्त, अति विपन्न, असाध्य रोग लागेका दिर्घ रोगीहरुको सहायताको लागि मापदण्ड निर्धारण गरी आर्थिक सहायता प्रदान गर्ने कार्यलाई थप व्यवस्थित गरिने छ । सामाजिक सुरक्षा भत्ता सबै वडाहरुमा बैक मार्फत वितरण गरिने व्यवस्था मिलाईने छ ।अनलाइन घटना दर्ता कार्यको सुरुवात गरिने छ ।

१८ यस गाँउपालिका भित्रका आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई गरिब पहिचान तथा परिचय पत्र वितरणको लागि अभियानकै रुपमा गरिब पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम सञ्चालन गरिने छ ।

१९ दन्द्ध पिडित तथा हिंसामा परेका एकल महिला, बालबालिका ज्येष्ठ नागरिक, विशेष क्षमता भएका व्यक्तिहरुको शशक्तिकरणको लागि सामाग्री वितरण, महिलाहरुको आय आयआर्जन सिप विकास, गर्भवती महिला तथा बालबालिकाको पोषण सुधार महिला हिंसा न्युनिकरण कानुनी सचेतना कार्यक्रम महिला बालबालिका अपांगता भएका व्यक्ति ज्येष्ठ नागरिक तथा यौनिक तथा लैंगिक अल्पसंखयकहरुको तथ्यांक संकलन गरि उनीहरुको पहिचान, सम्मान र शशक्तिकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने छ ।

२० महिला महिला बिच हुने विभेद र हिंसा न्युनिकरण गरी सुमधुर पारिवारिक सम्बन्ध कायम राखन सचेतना मुलक कार्यक्रम सञ्चालन गरिने छ ।

२१ जिल्ला प्रशासन कार्यालय र स्थानीय तह विचको समझदारीमा तयार पारिएको जिल्ला भित्र सञ्चालन गरिने मेला तथा महोत्सव सम्बन्धी मापदण्डको आधारमा सो कार्यविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउदै लागिने छ र एक वडा एक मेला कार्यक्रमलाई व्यवस्थित गरिने छ ।

२२ स्थानीय तहको अधिकार क्षेत्र भित्रका विषयहरुमा कानुन निर्माण गर्न सकिने संविधानत व्यवस्था गरिएको छ । कानुन निर्माण प्रकृयामा सरोकारवालाहरुको भुमिका र सहभागिता अभिबृद्धि गर्दै योजना कार्यक्रम कार्यान्वयन गर्न, प्रभावकारी र गुणस्तरिय सेवा प्रभाव गर्न आवश्यक ऐन, नियम, कानुन, नीति, कार्यविधी र मापदण्डहरुको निर्माण गरी लागु गरिने छ ।

२३ स्थानीय स्तरमा विपद पुर्वतयारी तथा प्रतिकार्य योजना, पुर्व सुचना प्रणाली खोज तथा उद्धार राहत सामाग्रीको पुर्वभण्डारण विपद जोखिम क्षेत्रको नक्साकंन तथा वस्तीहरुको पहिचान गरिने छ । विपद व्यवस्थापनको लागि गठित गाँउपालिका स्तरिय विपद व्यवस्थापन समिति र प्रत्येक वडामा गठित वडा स्तरिय विपद व्यवस्थापन समितिलाई थप क्रियाशिल बनाई यस क्षेत्रमा हुने सक्ने विपद जोखिम न्युनिकरणका कार्यक्रमहरु सञ्चालन गरिने छ ।

२४ समाजमा विद्यमान रहेको धुम्रपान, मध्यपान तथा लागु पदार्थको दुर्व्यसनीलाइ न्युनिकरण, नियन्त्रण र निर्मुल पार्न अन्य निकाय सँगको समन्वय र सहकार्यमा लागु औषध नियन्त्रण कार्यक्रम सञ्चालन गरिने छ ।

२५ गाँउपालिका सबै गाँउ वस्तिलाई ग्रामिण सडक सञ्चालमा जोडिने छ । स्थानीय ग्रामिण तथा कृषि सडकको मर्मत, स्तरउन्नती गरी गाँउ गाँउको आवागमनमा सहजता ल्याउन र खाध्यन्न, मल, विउ सामानहरुको ढुवानी कार्यको लागि बाह्रै महिना सडक सञ्चालन गर्न सकिने व्यवस्था मिलाईने छ ।

२६ अन्य स्थानीय तहको असल अभ्यास र अनुभवको आदान प्रदान गर्ने प्रभावकारी गुणस्तरिय सेवा प्रवाह विकास कार्यहरुमा भएका सकरात्मक कार्यहरुको अनुशरण यस गाँउपालिकाको चिनारीको लागि अन्तर स्थानीय तह भगिनी सम्बन्ध कायम गरिने छ ।

२७ यस क्षेत्रमा रहेका ऐतिहासिक सांस्कृतिक धार्मिक पुरातात्विक प्राकृतिक सम्पदाको पहिचान संरक्षण प्रवर्धन र प्रचार प्रसार गर्ने र यी क्षेत्रहरु भौतिक पुर्वाधारको विकास गरिने छ ।

२८ ठुला प्रकृतिका योजना तथा परियोजना सञ्चालनमा प्रभावकारीता अभिबृद्धि गर्न, छिटो, छरितो र तोकिएको समयमा गुणस्तरिय रुपमा सञ्चालन गर्न नविनतम सुचना तथा प्रविधिको प्रयोग गरी बोलपत्र प्रकाशनको माध्यमबाट सञ्चालन गरिने छ ।असारे विकासलाई आगामी वर्ष अन्त्य गर्न योजना सम्झौता कार्यलाई श्रावण महिनाबाट नै सुरु गर्ने व्यवस्था मिलाईने छ ।

२९ आर्थिक तथा गरिबी निवारणमा सहयोग पुग्ने उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने स्थानीय स्रोत साधन र सिपको अधिकतम प्रयोग हुने महिला बालबालिका तथा पिछडिएको वर्ग क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी योजना तथा कार्यक्रम सञ्चालन गरिने छ ।स्थानीय श्रमिकहरुलाई प्राथिकमता दिने खालका कार्यक्रमलाई प्राथामिकता दिइने छ । प्रधानमन्त्री रोजगार मार्फत सञ्चालन हुने योजना तथा अन्य विकास योजना र कार्यक्रममा स्थानीय श्रमको उपयोग हुने गरी सञ्चालन गर्न प्राथामिकता दिइने छ ।

३० स्थानीय स्तरमा हुने सामान्य प्रकृतिका विवादहरुको समाधानको लागि मेलमिलाप र मध्यस्ताको माध्यमबाट समाधान गर्ने उपायहरु अबलम्बन गरिने छ । वडाहरुमा रहेका मेलमिलाप केन्द्रहरुलाई न्यायिक समिति मार्फत थप प्रभावकारी बनाइने छ । मेलमिलाप केन्द्रहरुलाई शान्ति स्थापना गर्ने केन्द्रको रुपमा सञ्चालन गरिने छ ।

३१ यस क्षेत्रमा सञ्चालन भएका सामुदायिक तथा गैरसरकारी संस्थाहरुको लगानी र भुमिकालाई जवाफदेही र पारदर्शी बनाउने त्यस्ता संस्थाहरुको स्थापना, स्वीकृति, सञ्चालन र नियमन व्यवस्थापन गरी आवश्यकता र प्राथामिकताको क्षेत्रमा कार्यक्रम सञ्चालनमा सहभागी गराईने छ ।

३२ स्वस्थ, सक्षम र अनुशाशित नागरिक तयार गरी खेलकुदको माध्यमबाट यस क्षेत्रको पहिचान प्रवर्धन गर्न, खेल क्षेत्रमा युवा सहभागिता अभिवृद्धि गराउन खेलकुदको विकास र खेलाडीको उत्पादन गरिने छ ।

३३ सार्वजनिक प्रशासनलाई राजनितिक सिद्धान्तबाट अलग राखी स्थानीय सरकारका निति तथा कार्यक्रम निष्पक्ष रुपमा कार्यान्वयन गरी समृद्ध अन्नपुर्ण गाँउपालिका निर्माणमा समर्पित एवं तल्लिन गराइने छ । सुशासन तथा संस्थागत विकास मार्फत सेवा प्रवाहलाई चुस्त, दुरुस्त मितव्ययी, जनमुखी, गुणस्तरिय र प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्था मिलाइने छ । कर्मचारीहरुलाई उच्च मनोबल सहित काम गर्न प्रेरित हुने वातावरण मिलाउन आवश्यक व्यवस्था गरिने छ ।

३४ नेपाल सरकार प्रदेश सरकार र अन्य विकास साझेदार संस्था सँगको सहलगानीमा पुर्वाधार विकासको लागि समपुरक कोषको व्यवस्था गरिने छ । गाँउपालिका भित्र सहज यातायात एवं आवातजावतलाई प्रभावकारी बनाइ स्थानीय यातायात व्यवसायीहरु सँग समन्वय गरी स्थानीय भाडादर निर्धारण गरी लागु गरिने छ ।

३५ यस गाँउपालिका कृषी र पशुपालनको लागि उपयुक्त र सम्भावना युक्त क्षेत्र हो । कृषकहरुको हक हितको लागि सहुलियत रुपमा मल विउ पुजी र प्रविधिको अनुदान दिई व्यवसायिक खेती तर्फ आकर्षित गरिने छ र प्राकृतिक विपत्ति वा महामारीबाट कृषकको बाली नालीमा पुगेको क्षतिको क्षतिपुर्ति दिइने छ । पशु स्वास्थ्य शिविर सञ्चालन गरिने छ । घाँसको विउ, वोयर जातको बोका र माछाका भुरा वितरण कार्यक्रमहरु सञ्चालन गरिने छ । अगुवा कृषकहरुलाई प्रोत्साहन र सम्मान गरिने छ । खेतीबालीको विकास र उत्पादन र उत्पादकत्व बढाउन कृषक पाठशाला सञ्चालन गर्ने व्यवस्था मिलाईने छ । आम कृषकहरुलाई दिइने अनुदान सम्बन्धमा प्रभावकारी व्यवस्थाको लागि कृषकलाई दिइने अनुदान सम्बन्धी कार्यविधि निर्माण गरी कार्यान्वयन गरिने छ ।

उपाध्यक्ष ः केशमाया मगर

धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार