गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२९ पुग्यो

पोखरा, बुधबार असार १० गते । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की जिल्लाको पोखरा महानगरका १ पुरुष तथा २ महिला र मादी गाउँपालिकाका १र१ पुरुष तथा महिलासहित गण्डकी प्रदेशका ८ जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बुधबार बिहान कास्कीका ५ जनासहित तनहुँका १ जना पुरुष , स्याङजाका ३० महिने बालिकासहित २ महिला तथा ५ जना पुरुष , बागलुङका ९ जना पुरुष , गोरखाका १ जना पुरुष, पर्वतका १ महिला , लमजुङका ४ पुरुष तथा १ महिला र नवलपुरका ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय २९ पुगेको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार