म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी ,बिहिवार असार ११ गते । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशाला पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको पीसिआर परिक्षणमा थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

संक्रमित हुनेहरूमा मंगला गाउँपालिका – १ का वर्ष ३५ र २० का युवा, मंगलाकै वडा नम्बर ३ र ४ का वर्ष २६ र २३ का दुई युवामा कोरोना परिक्षणा गर्दा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । उहाँका अनुसार बेननी नगरपालिका– ४ का वर्ष १७ बर्षिय एक युवामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

यसै गरि कुवेतबाट फर्किएकी बेनि नगरपालिका – ३ का वर्ष २६ को महिलामा पनि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार उनिहरू सबै बेनीको क्वारेन्टाइन मा बसेका थिए । संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनिहरू सबैलाई बेनी को खुल्ला मन्च स्थित आईसोलेसन कक्षमा लैजाने तयारि भएको छ । विहिवार थपिएका ६ जना सहित जिल्लामा मा कोरोना संक्रमित को संख्या १४ पुगेको छ । दुईजना निको भएर घर फर्किएका छन भने ६ जना बेनीको आईसोलेशनमा उपचाररत छन । ३५ जनाको पिसिआर रिपोर्ट आउन बाँकि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार