मालिका गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित (बजेटको पूर्णपाठ सहित )

बेनी ,विहिबार असार ११ गते ।
म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७७÷०७८ को बजेट पारित गरेको छ । बुधबार गाउँपालिकाको गाउँपालिकाको केन्द्र दरबाङ्गमा सम्पन्न सातौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष खर माया विटालुले प्रस्तुत गर्नुभएको बजेट गाउँसभाले पारित गरेको हो । बजेटले आर्थिक विकासलाई जोड दिएको उपाध्यक्ष विटालुले बताउनुभयो । बजेट कोरोना रोकथाम ,कृषि ,पर्यटन ,गौरबका आयोजना ,पुर्वाधार लगायत श्रेत्रमा केन्द्रीत रहेको छ ।
बजेटको पुर्ण पाठ पढ्नुहोस् ।

मालिका गाउँपालिका
दरबाङ्ग
आ.ब. २०७७÷०७८ को बार्षिक बजेट तथा कार्यक्रम
श्री सभाध्यक्ष ज्यू
एवं सम्पूर्ण सभासद ज्युहरु,
करीव दुई दशक लामो समय सम्म जनप्रतिनिधी विहिन शासन व्यहोरेका नेपाली जनताले आफैले निर्वाचित गरेका जनप्रतिनिधिहरु मार्फत स्थानीय सरकार सञ्चालन गर्दे आएको करीव ३ वर्ष बित्न लागेको छ । २०७४ सालको स्थानीय तह निर्वाचन पश्चात हामीले यो अभुतपूर्व अवसर प्राप्त गरेका छौं । यसै सन्दर्भमा हामीलाई मालिका गाउँपालिकाको नेतृत्व अर्थात मालिका गाउँपालिकाको स्थानीय सरकार सम्हाल्ने सूवर्ण अवसर प्राप्त भएको छ ।

हामीले हाम्रो क्षमताले भ्याए सम्म जनताको अभिभावक र सेवक भएर काम गर्ने प्रयत्न र जमर्को गरिरहेको सवै सामु विदितै छ । जनक्रान्तिका माध्यमबाट संघिय लोकतान्त्रिक गणतन्त्रात्मक युग ल्याउन आफ्नो अमूल्य जिवन बलिदान दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति सम्मान व्यक्त गदै सर्वप्रथम त म यस गाउँपापलिको विभिन्न ठाँउबाट तथा नेपालको बिभिन्न आन्दोलनका बिभिन्न काल खण्डका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । राजनीतिक तथा सामाजिक आन्दोलनका घाइते योद्धा, बेपत्ता नागरिकहरु र नेपालको लामो राजनितिक आन्दोलनका अग्रज योद्धाहरुप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु । कोभिड १९ महामारीका कारण मानव जाति माथी शताव्दीकै सबैभन्दा ठूलो सङ्कट परेको छ । विश्वमानै यस महामारी विरुद्ध लड्ने स्वास्थ्य सेवा र सुविधाहरु अपर्याप्त देखिएका छन् ।यस महामारीबाट लाखौ मानिसहरुले ज्यान गुमाई सकेका छन् भने लाखौं सङ्क्रमित छन् ।यस महामारीबाट सङ्क्रमित भई नेपाल भित्र वा बाहिर ज्यान गुमाउनुहुने नेपाली तथा अन्य मित्रराष्ट्रका नागरिकहरुका शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।उपचारत सम्पूर्ण ब्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।जोखिमपूर्ण परिस्थितीमा अग्रपङ्तीमा रहेर सेवा गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, पत्रकार लगाएत सम्पूर्ण राष्ट्रसेवकहरुको उच्च कदर गर्दछु ।

महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा योगदान पु(याउनुहुने संघ, प्रदेश, र स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, निजी तथा ब्यवसायीक क्षेत्र, सञ्चार र कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा रकम तथा स्वास्थ्य र राहत सामाग्री उपलब्ध गराउने सबैलाई धन्यवाद दिन चाहान्छु ।


हामी जनप्रतिनिधि समक्ष मालिका गाउँपालिका वासीले अनगिन्ती विकास र समृद्धि प्रतिको चाहाना र अपेक्षाहरु लिएका छन् र त्यो पुरा गर्ने दायित्व हाम्रै काँधमाथि आएको छ । नेपाली जनताले द्वन्द्वको चपेटावाट शान्ति स्थापना हुँदै सामाजिक रुपान्तरणको बाटोमा लम्किने अवसर आएको महशुस गरेका हुनाले जनप्रतिनिधि समक्ष जनताले असिमित अपेक्षा राख्नु स्वभाविक पनि छ । नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पश्चात जारी भएको संविधान र संविधानले व्यवस्था गरे अनुसारको राज्य पुनरसंरचना भएको छ । तिन तहको सरकारको गठन भएको छ । यि तीन तहका सरकारहरु मध्ये स्थानीय सरकार नै त्यस्तो सरकार हो जसले प्रत्येक्ष रुपमा जनतासँग हेलमेल गरी जनतालाई नजिकको सरकारको रुपमा अनुभुति दिलाउँनुका साथै जनताहरुको प्रत्येक्ष पहुँचमा भएको सरकार भनेको नै यहाँको सन्दर्भमा मालिका गाउँपालिका हो । नयाँ युगमा प्रवेश गरेको नेपालको नयाँ संविधान, नयाँ संरचना अनुसारको नयाँ सरकार भएको कारण नयाँ कार्य अनुभवका साथ कार्य सम्पादन गर्नु निकै चुनौतिमय नै बनेको छ ।
अव हामी जनप्रतिनिधी मार्फत विकास र समृद्धिको थालनी हुनेछ भनेर आशा र भरोसाका साथ गाउँपालिका वासी जनताहरुले हेरी रहेका छन् । छिटो भन्दा छिटो धेरै भन्दा धेरै परिवर्तन चाहिरहेका छन् । हामी पनि चाँडै नै परिवर्तनको महुुशुस गाउँपालिकावासि सामु दिलाउन विभिन्न प्रयासहरु गरी रहेका छौं । यद्यपि हामिसँग भएको श्रोत र साधन हाम्रो विकास प्रतिको चाहाना र गाउँपालिकावासीहरुको अपेक्षा वीच तालमेल मिल्न सकेको छैन । हाम्रो अभिलासा, जनताको अपेक्षा धेरै ठुलो छ भने हामीले लगानी गर्ने आर्थिक श्रोत ज्यादै कम छ ।
प्रर्याप्त बजेट नहुनु, स्थानीय सरकार संञ्चालन गर्न प्रयाप्त ऐन कानून बनिनसक्नुु जस्ता जटिलता हामिले भोग्नु परिरहेकै थियो । सम्पूर्ण कामको संस्थागत सुरुवाती थालनी हामी आफैले गर्नु परेको थियो । यो महत्वपूर्ण ऐतिहासिक संस्थापक जिम्मेवारीलाई हामिले सुवर्ण अवसरको रुपमा ग्रहण गर्दै जनताको थप विश्वास जित्न सक्ने जनप्रिय वातावरण निर्माण गर्दे अधिकतम विकासको लागि पहल र प्रयेत्न गरिरहेकै थियौं तर यो आ.व.मा अचानक कोरोनाको कारण देखा परेको विसम र विकराल परिस्थितिले हाम्रो विकास र परिवर्तनको यात्रामा केहि नमिठो धक्का पु¥याएको छ । र केहि हाम्रा अत्यन्तै प्राथमिकताका कार्यक्रमहरुलाई पनि थाँति राखेर मालिका वासी दाजु भाइ दिदि वहिनीहरुलाई कोरोना वाट वचाउन तर्फ ध्यान मोड्नु पर्ने परिस्थिति सिर्जना भएको छ । त्यसैले कोरोना भाइरसवाट तमाम मालिकावासीलाई मुक्त गराउँदै यसवाट उत्पन्न विकराल त्रासदीको अन्त्य गर्दै तमाम जनताको जनजीवनलाई समान्य वनाउने र पुन विकासका क्रियाकलापहरुलाई र आर्थिक क्रियाकलापहरुलाई पुनर्जिवन दिने तर्फ विशेष ध्यान दिनु पर्ने छ । ताकि आउदो नेतृत्व पुस्ताका लागि हामी अनुकरणीय पुर्वज बन्न सकौं ।
 त्यसैले हामीले यस वर्ष गाउँपालिका वासिलाई कोरोनावाट सृजित भय र त्रासवाट मुक्त गराउन हर तरहले पहल र प्रयेत्न गरिनुपर्दछ ।
 गाउँपालिका वासीसँग बिभिन्न कार्यक्रमका मार्फत सम्पूर्ण गाउँवासीसँग भेटघाट तथा निकटताको सम्वन्ध राख्ने कार्यलाई अझै सुदृढ र व्यवस्थित गर्दै लग्नु पर्छ ।
 सम्पन्न भएका सर्वोत्कृष्ट आयोजनाहरुलाई पुरस्कृत गर्नु पर्छ । गाउँपालिकाको गौरवको आयोजनाको रुपमा ठूला र ठोस आयोजना संञ्चालनको थालनि गर्नु पर्छ ।
 अब हामी गाउँ बिकास गुरुयोजना, उद्यम विकास गुरुयोजना, कृषि विकास गुरुयोजना लगायतका बिषयमा बिस्तृत रणनीति बनाएर अघि बढ्नुका साथै गाउँपालिकाको प्रोफाइललाई डिजिटलाइज्ड गरिनु पर्दछ ।
 कोरोनाको कारण वैदेशिक रोजगारीवाट स्वदेश फर्कने र यही रहेका युवा वेरोजगार जनशक्तिलाई अधिकतम रोजगारी मिल्ने तथा स्वरोजगार सिर्जना गर्ने खालको कार्यक्रमहरु सञ्चालन गरिनु पर्दछ
 हाम्रा योजना तथा कार्यक्रमहरुमा अनियमितता तथा लापरवाही हुन सक्ने संम्भावनालाई ख्याल गरी हामि जनप्रतिनीधीको तर्फबाट सशक्त अनुगमन गरौ, दिगो भरपर्दो तथा गुणस्तरीय कार्य सम्पादन तथा सेवा प्रवाहको लागि पहल र प्रयत्न गरौं ।

श्री सभाध्यक्ष ज्यू
एवं सम्पूर्ण सभासद् ज्युहरु,

१. अब म आगामी आर्थिक बर्ष २०७७÷०७८ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
बजेटका उद्धेश्य निम्न अनुसार रहेका छन् ।
क. यस गाउँपालिकाको पूर्वाधार क्षेत्रको विकासका योजना तर्जुमा गर्ने ।
ख. सामाजिक सांस्कृतिक तथा आर्थिक क्षेत्रको समूचित विकास गर्ने ।
ग. जनसहभागीता, उत्तरदायित्व, पारदर्शीता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने ।
घ. लोकतन्त्रका लाभहरुको समानुपातिक समावेशी र न्यायोचित वितरण गर्नु ।
ङ. कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरुप समाजबाद उन्मुख संघिय लोकतान्त्रिक
गणतन्त्रात्मक शासन प्राणाणीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्नु ।
च. गाउँपालिकावासीलाई कोरोना मुक्त वनाउने, कोरोना संक्रमण वाट वचाउन सम्पूर्ण शक्ति परिचालन गराउने र जुनसुकै विपद्बाट हुने जोखिम, लक्षित बर्गको उत्थानमा विशेष जोड दिने ।
छ. स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गर्ने ।
ज. स्थानीय स्तरमै रोजगारीको सिर्जना गर्नु र स्थानीय युवाहरुलाई स्थानीय स्तरमै उत्पादनसँग जोड्ने कार्यको प्रारम्भ गर्ने ।
झ. समतामुलक न्यायोचित समाज निर्माणमा योगदान दिने ।

श्रीमान सभाअध्य ज्यू,
श्रीमान सभासदस्य ज्यूहरु,

  • १. अब म आगामी आ.ब.०७७÷०७८ का योजना बजेट तथा कार्यक्रमहरुको प्राथमिकताहरुलाई प्रस्तुत गर्न चाहन्छु पूर्वाधार क्षेत्रको विकास,
  • युवा स्वरोजगार,
  • कोरोना त्रास वाट मुक्त तथा सवै प्रकारका विपदहरुको व्यवस्थापन,
  • भुमि तथा खाद्य वैंकको स्थापना,
  • सामाजिक क्षेत्र (शिक्षा,स्वास्थ्य,खानेपानी तथा सरसफाई,संस्कृति प्रव्रर्धन) को विकास
  • लक्षित बर्ग उत्थान, समानता तथा सामाजिक समावेशीकरण,
  • वन तथा वातावरण व्यवस्थापन,
  • संस्थागत क्षमता विकास तथा सुशासन,
  • कृषि तथा पशु, पर्यटन तथा उद्योग क्षेत्रको व्यवसायिकरण र विकास,
  • २. अब म आ.व २०७७÷०७८ को नीति तथा कार्यक्रममा आ.ब. २०७६÷०७७ मा अवलम्वन गरिएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै थप नीति तथा कार्यक्रमलाई प्रथमिकतामा राखिएको छ सो प्रस्तुत गर्न चाहन्छु ।
  • ३. आगामी आर्थिक बर्ष २०७७÷०७८ मा तपशिलका क्षेत्रमा लगानीलाई उच्च प्राथमिकता दिएको छु ।
  • १. पूर्वाधार क्षेत्रको विकास
  • २. स्वास्थ्य तथा विपद व्यवस्थापन
  • ३. युवा स्वरोजगार
  • ४. कृषिको व्यवसायिकरण
  • ५. सिंचाइ, भवन निर्माण, उर्जा, सञ्चार
  • ६. सामाजिक विकास नीति, शिक्षा,
  • ७. आर्थिक विकास
  • ८. लैङ्गीक समानता तथा सामाजिक समावेशिकरण
  • ९.भूमि वैंक तथा फुड वैंकको स्थापना
  • १०. उद्योग,वाणिज्य तथा लघुउद्यम
  • ११. सहकारी तथा पर्यटन
  • १२. वन, वातावरण तथा विपद व्यवस्थापन, जलाधार संरक्षण, जलवायु परिवर्तन
  • १३. सुशासन तथा संस्थागत विकास
  • १४. मानव संसाधन विकास, संस्थागत विकास,
  • १५. वित्तिय व्यवस्थापन, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, आन्तरिक र अन्तिम लेखा परिक्षण रहेका छन् ।
  • सभाका अध्यक्ष ज्यू
  • सभाका सदस्यज्यूहरु,
  • अब म चालु आर्थिक बर्ष २०७६÷०७७ को आयव्ययको यथार्थ स्थिति प्रस्तुत गर्न चाहन्छु ।
  • ४. आ.व. २०७६÷७७ को आन्तरिक राजश्व संकलनको अवस्था
  • मालिका गाउँपालिकामा आर्थिक बर्ष २०७६÷०७७ मा आन्तरिक आय ३५ लाख आन्तरिक आम्दानीको प्रक्षेपण गरिएकोमा मिति २०७७र०२र३० सम्म रु. २४ लाख २८ हजार ३ सय ३४ रुपैया ६६ पैसा संकलन भएको छ । आन्तरिक आय तथा लागत सहभागीता बढोत्तरी गर्न आगामी आ.ब.मा विषेश पहल गर्नु पर्ने अवस्था समेत रहेको छ ।

५. आ.व २०७६÷७७ मा संचालित योजना तथा कार्यक्रमको अवस्था
आर्थिक बर्ष २०७६÷०७७ मा कुल विनियोजन बजेट रु ३९ करोड ८४ लाख ८४ हजार रुपैया विनियोजन गरिएकोमा मिति २०७७÷०२÷३० गते सम्ममा चालु र पूँजीगत गरी जम्मा ४७.७३ प्रतिशत योजना तथा कार्यक्रमहरु सम्पन्न भएका छन् ।
६. चालु आर्थिक बर्षको सशर्त अनुदान तर्फ रु १६ करोड ३ लाख रुपैया प्राप्त भएको छ । त्यस्तै प्रदेश सरकारबाट विशेष अनुदान वापत रु. ३८ लाख र संघीय सरकारबाट समपूरक अनुदान वापत १ करोड २८ लाख रुपैया प्राप्त भएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता बापत रु. ६ करोड ८५ लाख ४५ हजार ८ सय रुपैया प्राप्त भएको छ ।
७. अनुदान तथा राजस्व बाँफाँटका अतिरिक्त झोलुङ्गे पुल निर्माण तर्फ रु ८० लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तर्फ रु ९८ लाख ७५ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ रु २० लाख ७३ हजार, गरिव घरधुरी पहिचान कार्यक्रम तर्फ रु १२ लाख ७३ हजार रुपैया, पन्जीकरण कार्यक्रम तर्फ रु. १५ लाख ८ हजार र गरिवसँग विस्वेश्वर कार्यक्रम तर्फ ४ लाख ९५ हजार सिधै अख्तियारी प्राप्त भएको छ । यस्ता कार्यक्रमको लागि प्राप्त भएको रकमको प्रतिवेदन सिधै नेपाल सरकारमा पठाउने गरी अख्तियारी प्राप्त भएकाले स्थानीय सरकारको बजेट प्रणालीमा समावेश गरिएको छैन ।
८. चालु आर्थिक बर्षको जेठ मसान्त सम्म चालु खर्च रु १३ करोड ६४ लाख २२ हजार ३९५ रुपैया ९७ पैसा तथा पूँजिगत खर्च रु. ६ करोड ४० लाख ८४ हजार ४ सय ५० रुपैया गरिे जम्मा संचित कोषमा ७ करोड ७१ लाख ४१ हजार २९२ रुपैया ५८ पैसा बाँकी रहेको देखिन्छ । आर्थिक बर्ष २०७६÷०७७ को आय तथा व्यय विवरण तथा संशोधित अनुमान र आर्थिक बर्ष २०७७÷०७८ को अनुमानित आय व्ययको विवरण अनुसूचिहरुमा उल्लेख गरेको छु ।
सभाध्यक्ष ज्यू,
सभाका सदस्य ज्यूहरु

अब म क्षेत्रगत रुपमा आगामी बर्ष २०७७÷०७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
९.सडक तथा पूर्वाधार तर्फ
मालिका गाउँपालिका क्षेत्रमा पर्ने प्राथमिकता प्राप्त विशेष महत्वका गौरवका सडक आयोजनाहरुलाई बाह्रै महिना संचालनमा ल्याउनका लागि दरबाङ देखि निस्कोट सडक स्तरउन्नती, औल वेली जेम हुदै रुम वडा कार्यालाय सम्म सडक स्तरउन्नती, अधिभारा औल हुदै कीटिनी सडक स्तरउन्नती, फुलवारी महभीर हुदै चिउरीबोट हुदै वडा कार्यालय सम्म सडक स्तरउन्नती, थापाचौर देवीस्थान सडक स्तरउन्नती, , बाइन्नाफाँट देखि मालिका मन्दिर सडक निर्माण, अल्काचौर देखि दुखु लेक सम्म सडक स्तरउन्नती, दरबाङ्ग देखि दिच्याम सडक स्तरउन्नती, फुलवारी सोरवोट नुनथला हुदै ओखरवोट सोले सडक स्तरउन्नती, जेम पाल्ले सडक निर्माण, नौमाने बेल्फी सडक निर्माण, दारीमबोट ताम्ला हुदै तसरबाङ सडक निर्माण, अर्खनी देखि गरजरा सडक निर्माण, केशबाट टिकाबाङ सडक निर्माण आयोजनाहरुलाई प्राथमिकतामा राखेको छु । यी गौरवका योजनाको निर्माण, मर्मत र स्तरउन्नतीका कार्य शुरु गर्ने गरी एकमुष्ट रु. ३ करोड १५ लाख रुपैया बजेट विनियोजन गरेको छु ।
९.१. मर्मत सम्भार कोषको स्थापनाका लागि ”हिँउद बर्षा गाडी चल्छ सधै भरी, मर्मत संभार कोष राखौ अघि बर्ष सरी” कार्यक्रम अन्र्तगत कुल योजनाहरुको कुल लागतको ३ प्रतिशतले हुन आउने रकम जुटाई मर्मत सम्भार कोष खडा गर्नका लागि बजेट व्यवस्थापन गरेको छु ।
९.२.गाउँपालिका क्षेत्र भित्रका मुख्य सडकबाट टोल, वस्ती जोड्ने सहायक सडकहरु ओखरबोट सेन्जुक सडक, डारबोट मोटरबाटो निर्माण, खवाङ ताराखोला सडक मर्मत, अधिभारा रुम सडक मर्मत, इग्रे मोटरबाटो स्तरउन्नती, सल्लेन महभिर सडक निर्माण, गौडा छाप्सीबाङ अस्का असारे मोटरबाटो विस्तार, पुजा गाउँ र तल्लो गाउँ मोटरबाटो निर्माण, तसरबाङ मोटरबाटो निर्माण, लामेला खुवाङ मोटरबाटो विस्तार, गोजा लामपाटा मोटरबाटो निर्माण, शेरा छिपछिपे मोटरबाटो निर्माण, गोगनपानी सडक स्तरउन्नती, अर्कला विम्बाङ मोटरबाटो निर्माण, तल्लो गाउँ डाँडागाउँ सिरमबोट सडक निर्माण लगायतका सडक निर्माण र स्तरउन्नतीका लागि एकमुष्ट रु ६७ लाख ६३ हजार बजेट विनियोजन गरेकी छु ।
९.३. गाउँपालिकाको दरवाङ बजारमा व्यवस्थित हिसावले पार्किङको व्यवस्था मिलाउनका लागि जग्गाको सम्भाव्यता अध्ययन गरि गाउँपालिकाको केन्द्र दरबाङ्ग बजारमा एक व्यवस्थित बसपार्क निर्माण गर्न र मालिका गाउँपालिका वडा नं ६ दुखु खोलामा प्रवेसद्धार निर्माण गर्नका लागि एक मुष्ट रु. १० लाख बजेट विनियोजन गरेकी छु ।
९.४ मालिका गाउँपालिकामा संञ्चालन हुने पूर्वाधार विकास साझेदारी कार्यक्रम जस्तै संघीय सरकार, प्रदेश सरकार,र अन्य संघ संस्थाहरुको साझेदारीमा संचालनहुने योजनाहरुमा गाउँपालिकाले व्यहोनु पर्ने समपूरक कोषका लागि रु २ करोड ५० लाख बजेट विनियोजन गरेकी छु ।
१०.सिचाइ
मालिका गाउँपालिका क्षेत्र भित्रको कृषि उत्पादनका लागि अति आवश्यक नामर्दी सिँचाइ, खोप्ती सिँचाइ, ढुनाट सिँचाइ, भालखोरे सिँचाइ, अधिभारा सिँचाइ र निर्माणका लागि एकमुष्ट रु १५ लाख बजेट विनियोजन गरेकी छु । थप क्षेत्रमा सिंचाइ सुविधा विस्तार र लिफ्ट सिंचाई लगायत अन्य ठूला सिंचाई परियोजना निर्माणको लागि संघिय सरकार र प्रादेशिक सरकारमा आवश्यक पहल गरिनेछ ।

११.भवन निर्माण

मालिका गाउँपालिका भित्रका भवन नभएका स्वास्थ्य संस्था, दलित भवन, विद्यालय भवन र आमा समूहहरुको भवन निर्माण र मर्मत कार्यलााई महत्व दिदै शिद्ध आमा समूह भवन निर्माण, लालिगुणास आमा समूह भवन निर्माण, उत्तरगंगा आमा समूह भवन निर्माण, जेम स्वास्थ्य इकाइ भवन निर्माण, धुलबाङ आमा समूह भवन निर्माण, जनज्वति आधारभूत विद्यालय भवन मर्मत, दुखु बेसी आमा समुह भवन निर्माण, तोलबाङ सामूदायीक भवन निर्माण, गोरक्षा आधारभूत विद्यालय भवन निर्माण, देविस्थान दलित सञ्जाल भवन निर्माण, सरस्वती आ.वि.कोठा पलास्टर जस्ता भवन निर्माणका लागि एकमुष्ट रु ५४ लाख ७८ हजार बजेट विनियोजन गरेकी छु । वडा कार्यालयका भवन निर्माणका लागि संघिय सरकार र प्रदेश सरकारको साझेदारीमा निर्माण गर्नमा पहल गर्नेछु ।
१२. उर्जा
मालिका गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा कार्यक्रमलाई साकार पार्न दाङ्गखोला, रितुङ्ग खोला, खोप्ती खोला, दुखु खोला,रुम खोला, शिबरात्री खोलाहरुबाट संभावित लघु जलविधुत उत्पादनको लागि सम्भाव्यता अध्ययन गरि विद्युत व्यवस्थापन गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
१३. संचार
१३.१ स्थानीय संचार माध्यम र पत्रकारीताका साथै सुचना प्रवर्धन केन्द्र स्थापना गरि हेलो मालिका कार्यक्रम संचालन र पत्रकारहरुको उत्पादन तथा क्षमता बृद्धिका लागि पत्रकारीता तालिम संचालन गर्न आवश्यक बजेटको व्यवस्थापन गरेको छु ।
१४. सामाजिक विकास
“हाम्रो साक्षर गाउँ, हाम्रो भविश्य निर्माण” भन्ने नारालाई पच्छ्याउदै मालिका गाउँपालिकाको शैक्षिक क्षेत्रको समग्र विकासका लागि विद्यार्थीलाई सहज ढंगले कक्षामा उपस्थित भै पठनपाठनमा सहयोग गरि शैक्षिक क्षेत्रलाई व्यवस्थित गर्न माध्यमीक बिद्यालयमा इन्टरनेट जडान सहित स्माट स्कुल एप्स संचालन, उत्कृष्ट शिक्षक र दलित जेहन्दार विद्यार्थीलाई पुरस्कार, अपाङ्ग तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, प्राविधिक शिक्षा प्रचार प्रसार, प्राविधिक शिक्षा अध्ययन गर्ने दलित तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृद्धि, नमुना बालकेन्द्र स्थापना, पुस्तकालय व्यवस्थापन, विज्ञान प्रयोगशाला स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१४.१. मालिका गाउँपालिकाका ७ वडाको सामाजिक विकास, शिक्षा, स्वास्थ्य, सरसफाई, सांस्कृतिक प्रवर्धन, स्कुल घेराबन्दी, मन्दिर घेरवार, ग्राउण्ड निर्माण र धेरवार, विद्यालयमा चर्पी निर्माण, कोट व्यवस्थापन, पर्यटन र संस्कृत प्रवर्धन गर्नका लागि एकमुस्ट रु २७ लाख ८४ हजार बजेट विनियोजन गरेको छु ।
१५. शिक्षा
गाउँपालिकाको गौरबको रुपमा रहेको म्याग्दी जिल्लाकै पुरानो प्राविधिक शिक्षालय श्री किसानी मा.बि.मा अध्यापन गराइने प्राविधिक बिषयहरु तथा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई उपलव्ध हुने सुविधाको सम्बन्धमा जिल्ला भित्रका पालिकाहरुसंग समन्वय गरि प्राविधिक शिक्षामा अध्ययन गर्न आउने विद्यार्थी संख्या बृद्धिका लागि भर्ना अभियान संचानल गर्न र अध्ययन गर्न आउने विपन्न, जेहन्दार छात्र छात्राहरुलाई छात्रबृद्धिका लागि रु १० लाख बजेट विनियोजन गरेकी छु ।
१५.१. मालिका गाउँपालिका क्षेत्रका विद्यालयहरुमा शैक्षिक गुणस्तरीय शिक्षामा सुद्दृढीकरण कायम गर्न शिक्षकहरुलाई प्रोत्साहित गर्न शिक्षक अनुदानका लागि रु ५० लाख बजेट विनियोजन गरेको छु ।
१६. स्वास्थ्य
“सुरक्षित गर्भ पतनको सेवा र प्रजनन् स्वास्थ्यको अधिकारको सम्मान हाम्रो अभियान” का साथ स्वास्थ्य तथा सरसफाई कार्यक्रमलाई प्रभावकारी बनाइ आमा, बच्चा, किसोरी लगायत सम्पूर्णको स्वास्थ्य तथा सरसफाईको माध्यमबाट मातृ तथा वालमृत्यूदरलाई कम गर्नका लागि गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराउन, स्वाथ्य संस्थामा प्रसुति गराउने महिलालाई सुत्केरी प्रोत्साहन भत्ता दिन, विद्यालय मा स्वास्थ्य शिक्षा र प्राथमीक उपचार तालिम संचालन , विद्यालयहरुमा प्राथमिक उपचार बक्स वितरण, प्रत्येक वडामा योग शिक्षा सञ्चालन, सुनौला हजार दिनका आमाहरुलाई पोषण कार्यक्रम, पूर्णसरसफाई अभियान संचालन, सुत्केरी भेटघाट कार्यक्रमका लागि एकमुष्ट रु.१० लाख बजेट विनियोजन गरेको छु ।
१७. खानेपानी तथा सरसफाई
असुरक्षित पानी र फोहोरका कारणहरुले लाग्ने ८० प्रतिशत भन्दा बढी रोगहरुबाट सुरक्षित रहनका लागि गुणस्तरीय पानी उपलव्ध र पानीको गुणस्तरको सुनिश्चीतका साथ जनसंख्या बृद्धिसगै हुने फोहोरको व्यवस्थापन गरी मिटर जडान सहित १ घर १ धारा निर्माण गर्न ठूलोगैरा खानेपानी ममर्त, कीटिनी डाँडागाउँ खानेपानी मर्मत, छेपारे खोला खानेपानी निर्माण, कलधारा दारीमबोट खानेपानी मर्मत, पिमीर खानेपानी मर्मत, तल्लो कीटीनी खानेपानी मर्मत, बङडुङ खानेपानी मर्मत, दास खानेपानी मर्मत, घोर्सी खानेपानी मर्मत, पाँझुरबाङ खानेपानी मर्मत, ओखरबोट खानेपानी मर्मत, खागरीबाङ खानेपानी मर्मत, ओखरबोट मा.वि.मा खानेपानी मर्मत, मज्जा जुगेपानी खानेपानी मर्मत, पूर्णगाउँ खानेपानी पाइप खरीद, सावटा खानेपानी मर्मत, सिवाङ फूलबाङ खानेपानी निर्माण, लामीला खानेपानी निर्माण, खुबाङ खानेपानी मर्मत, गोगनपानी खानेपानी निर्माण, भारबाङ खानेपानी निर्माण,खारा खानेपानी मर्मत र दुले खानेपानी मर्मतका लागि रु.३९ लाख २८ हजार बजेट विनियोजन गरेको छु ।
१७.१ “स्वच्छ गाउँपालिका, सुन्दर गाउँपालिका”को नारालाई सफल पार्न गाउँ स्तरीय ढल निर्माण र कुलो निर्माण कार्यक्रमलाई प्राथमिकता दिदै रु २० लाख ४८ हजार बजेट विनियोजन गरेकी छु ।
१८.युवा खेलकुद तथा संस्कृती
१८.१ “मालिकामा नै कमाउँ, मालिकामा नै रमाउँ” भन्ने नाराका साथ मालिकामा रहेका प्रत्येक युवाहरुलाई प्रत्येक वडामा आवश्यकता अनुसार युवा टोल विकास समिति गठन गरि युवाहरुको आय आर्जन, क्षमता विकास गर्न उत्पादनसँग जोडीने छ र कोभिड १९ को कारण वैदेशिक रोजगारीवाट फर्किएका युवाहरुलाई युवा टोलविकास समितिमा आवद्ध गराई स्थानीय क्षेत्रमा नै रोजगारीको सृजना गराउन विशेष कार्यक्रम लागु गर्नका लागि आवश्यक बजेट विनियोजन गरेकी छु ।
१८.२ “खेलकुद विकासमा समयदान, प्रत्येक वडामा खेलमैदान” कार्यक्रम अन्तर्गत स्थानीय समुदायको सहभागितामा मालिका गाउँपालिका वडा नं ६ को छ्यार छ्यारेमा प्रदेश स्तरीय खेलमैदान निर्माण, ओखरबोट खेलमैदान निर्माण, दुखु बेसी खेलमैदान निर्माण,उपल्लो दुखु खेलमैदान निर्माण गरी भलीबल प्रतियोगीता, फुटवल प्रतियोगीता, निबन्द प्रतियोगीता, हाँजिर जवाफ प्रतियोगीता, कविता प्रतियोगीता बादविवाद प्रतियोगीता, नृत्य प्रतीयोगीता जस्ता प्रतियोगीतात्मक खेल संचालन गरी खेलाडी वा प्रतियोगीहरुलाई प्रोत्साहन गर्न र खेलकुद प्रवद्र्धन तथा खेलकुद संरचना निर्माण समेतका कार्य गरी राष्ट्रिय खेलाडी समेत उत्पाद हुने अपेक्षाका साथ रु २० लाख बजेट विनियोजन गरेको छु ।
१९. लैङ्गीक समानता तथा सामाजिक समावेशिकरण
मालिका गाउँपालिकामा समुन्नत समाजको निर्माण तथा समाजमा देखिने सवै खाले हिंसाका घटनाहरुलाई न्युनिकरण गरि महिलाहरु विरुद्ध हुने सबै खालका हिंसा, दुव्र्यवहार, भेदभाब र शोषणको अन्य गर्नुका साथै दलित, जनजातिहरुको अवस्था अध्ययन गरि उनीहरुका क्षमता विकासका लागि शसक्तीकरण, सामाजिक समावेशीकरण तालिम, सिप विकास तथा आयआर्जनमुलक कार्यक्रम सञ्चालन गर्न र ७ वटै वडामा घरेलु हिंसा, मदिरा जन्य पर्दाथको निर्मूलीकरण जस्ता लक्षित कार्यक्रम संचालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१९.१ मालिका गाउँपालिकाका ७ वडाका दलित तथा विपन्न समुदायको आयस्तरमा बृद्धि गरि उनीहरुको जिवन स्तरमा सुधार ल्याउने उद्देश्यले छुवाछुत र भेदभावलाई न्यूनीकरण गरी आयआर्जन र सचेतनामुलक कार्यक्रम संचालन गर्न सम्बन्धीत सरोकारवालासंग सहकार्य गरि बजेट व्यवस्थापन गरिनेछ ।
२०. कृषि तथा पशुपंक्षि
भूमि वैंक तथा फुड वैंक को स्थापना गरि एक गाउँ एक उत्पादन मार्फत आर्थिक उपार्जन तथा रोजगारी सृर्जनाका लागि आवश्यक सहयोग तथा समन्वय गर्न प्राविधिक सिप विकास तालिम उपलब्ध गराई एक गाउँ एक उत्पादन कार्यक्रमबाट प्रत्येक घरमा कम्तीमा एक घर एक रोजगार सृर्जना गर्न र वैदेशिक रोजगारबाट स्वदेश फिर्ता भएका युवाहरुलाई उद्यमी÷व्यवसायी बनाउन विशेष कार्यक्रम संचालनका लागि जोड दिइनेछ ।
२०.१. प्रदेश सरकार तथा संघिय सरकार समेतको निति अनुरुप समन्वय गर्दै भुमि वैंक तथा खाद्य वैंक (फुड वैंक) स्थापना गर्न रु १० लाख रुपैयाँ विनियोजन गरेको छु ।
२०.२. कृषि औजार खरीद, मिनि टेलर खरीद, हाते मेसिन, ट्याक्टर खरीद, किवि खेती, सुन्तला खेती, व्यमौसमी तरकारी खेती, विउविजन खरिद, सुन्तला व्यवसाय, व्यवसायीक कुखुरा पालन, आलु पकेट क्षेत्र, व्यवसायीक सिमी उत्पादन, भट्टमास खेती पकेट क्षेत्र, ड्राइभिङ तालिम, एभोकार्ड खेती, सतुवा खेती, बेमौसमी तरकारी खेती, विउविजन खरीद, थ्रेसर मेसीन खरीद, कुटानी पीसानी मील, लसुन खेती, बाख्रापालन, बंगुरपालन, भैसीपालन,च्याउ खेती, गोमच ढाडखर्क, टिमुर खेती, केरा खेती लगायत कृषि र पशु जन्य कार्यक्रम संचालन गर्नका लागी एकमुष्ट रु ६६ लाख ४७ हजार बजेट विनियोजन गरेको छु । यहि रहेका युवा जनशक्ति जो कृषिमा व्यवसाय गर्न खोज्दछन् उनीहरुलाई प्राथमिकतामा राखेर यि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
२०.३. कृर्षकहरुलाई कृषि व्यवसायमा प्रोत्साहित गदै उत्पादन गरेका उत्पादक तत्वहरुको विक्रि वितरण गरी आयआर्जनमा बृद्धि ल्याउनुका साथै निर्वाहमूखि परम्परागत खेती प्रणालीमा परिवर्तन गरि आधुनिकीकरण ल्याइ आत्मनिर्भर बन्न प्रोत्साहन गर्नका लागि कृषि विउविजन र कृषि उपकरणमा कृषि अनुदान दिनका लागि रु ९ लाख ५० हजार बजेट विनियोजन गरेकी छु ।
२१.पर्यटन
गाउँपालिका क्षेत्र भित्र रहेको मालिका मन्दिरको पूर्वाधारहरुको निर्माण, पदमार्ग निर्माण, पदमार्गको दाँया बाँया देवि देवताको मूर्ति र घण्टहरु राखि पर्यटकहरुको आकर्षण बढाउने कार्यलाई प्रोत्साहित गरि पर्यटन व्यवसायलाई विस्तार गर्नका लागि संघिय सरकार र प्रदेश सरकारसंग समन्वय गरिनेछ ।
२१.१ स्थानीय बासीहरुको आवतजावत, बाह्रय र आन्तरिक पर्यटनहरुको मनोरञ्जन र पर्यटकीय क्षेत्रको विकास र प्रवर्धनका लागि विभिन्न मन्दिर, तालहरु, भ्यू–टावरहरुमा आवतजावत सरल बनाउन पदमार्ग निर्माण गर्नका लागि एकमुष्ट रु ४३ लाख ७० हजार विनियोजन गरेकी छु ।
२१.२ बाह्रय र आन्तरिक पर्यटनहरुको मनोरञ्जन र पर्यटकीय क्षेत्रको विकास र प्रवर्धनका लागि मालिका गा.पा.५ देविस्थानमा अवस्थित हक्लान डाँडाको सम्भाव्यता अध्ययन र लागत स्टीमेट तयार गरि शान्तिको प्रतिकको रुपमा मानिदै आएको गौतम बुद्घको ठूलो मूर्ति स्थापना, भगवती मन्दिर, सिवालय मन्दिर व्यवस्थापन, चौकी मन्दिर निर्माण जस्ता कार्यमा शिल्पा कलाको प्रयोग गरिे मूर्तिहरुको निर्माण गर्नका लागी रु २० लाख बजेट विनियोजन गरेकी छु ।
२२. उद्योग, वाणिज्य तथा लधुउद्यम प्रवर्धन
प्रदेश सरकारको गरीवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । यस क्षेत्र भित्रका गाउँ गाउँमा आर्थिक विकासका लागि उत्पादनमुलक लघु उद्यम कार्यक्रम संचालन गरि १२० जना उद्यमीहरु निर्माणका लागि विभिन्न शिप बिकास तालिम संचालन, उद्यमीलाई प्रविधिमा सहयोग, उद्यमी र व्यापारी बीच अन्तरक्रीया कार्यक्रम, उत्पादीत सामाग्रीहरुको लेवलीङ तथा प्याकेजिङ जस्ता कार्यक्रम सञ्चालन गर्न विभिन्न संघ संस्थासँग समन्वय गरिने छ ।


२३. विपद व्यवस्थापन
२३.१ मालिका गाउपालिका भौगोलिकतामा अति जोखिममा रहेको क्षेत्र भएकाले यहाँका बिभिन्न स्थानमा के कति वेला माहामारी वा विपत आउने हो त्यसको आकलन गर्न नसकीने अवस्था हँुदा पहिलानै विपद व्यवस्थापनका लागि पूर्व तयारी कार्य, राहत सामाग्रीको व्यवस्थापन, विपद कोष स्थापना, प्राथमिक उपचार टोली, खोज तथा उद्धार कार्य समुह आदिको निर्माण, पूर्व सूचना प्रणालीको विकास र भ–ूक्षय नियन्त्रणको लागि तटबन्धन, सुन्दर बस्ती निर्माणको लागी ढल निकास जस्ता कार्यक्रमका लागि रु १ करोड ७६ लाख लाख १३ हजार बजेट विनियोजन गरेको छु ।
२४.संस्थागत विकास
२३.१. गाउँपालिकाको प्रशासनीक तथा संगठनीक संरचना र संस्थागत प्रणाली चुस्त र दुरुस्त विश्वसनिय, क्षमता युक्त प्रभावकारी बनाउदै न्यायीक समितिको कार्यलाई थप प्रभावकारी रुपमा अगाडी बढाउन मेलमिलाप अभिकर्ताहरुलाई पूर्नताजगी तालिम, जस्ता कार्य संचालन गर्नका लागि रु ८ लाख बजेट विनियोजन गरेको छु ।
२३.२. गाउँपालिकाको आवधिक विकास योजना निर्माण गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
२३.२.कार्यालयको काम छिटो छरितो र सरल रुपमा संचालन गर्न कर्मचारीहरुका लागि ल्यापटप र प्रीन्टर खरीद र फुलवारी खोपकेन्द्रलाई पलास्टर, देउराली आ.वि.व्यवस्थापन र पुरुर्षोत्तम आ.वि व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरेकी छु ।
२५.शुसासन
जनताको गुनासोको सुनुवाईका लागी स्थानिय स्तर वा प्रत्येक वडाहरुमा सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गरी उनीहरुका गुनासा सम्बोधन गर्नका लागि रु १ लाख ५० हजार बजेट विनीयोजन गरेको छु ।
२६.मानव संसाधन विकास
मालिका गाउँपालिका गाउँकार्यपालिकामा कार्यरत कर्मचारीको मूल्याड्ढनका लागि सेवाग्राही सन्तुष्टी फारमको माध्यमबाट प्राप्त सुझाबका आधारमा कार्यसम्पादन मूल्यांकन गरी काम प्रति इमान्दार कर्मचारीलाई प्रोत्साहीत गर्न आवश्यक कार्यविधि बनाइ प्रोसाहन भत्ता उपलव्ध गराउन सेवा प्रवाह प्रणालिमा आवश्यक सुधार ल्याई मितव्ययी र प्रभावकारी सेवा प्रदान गरिनेछ ।
अब म बजेटमा उल्लेखित क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र अनुमान प्रस्तुत गर्न चाहन्छु ।
२७. आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा ४१ करोड ५४ लाख १० हजार ९ सय ४९ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । शशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान प्राप्त भइ सञ्चालन हुने योजनामा तोकिए अनुसार बजेट निर्धारण भइ आएको शिर्षकमा खर्च गर्ने व्यवस्था मिलाएकी छु । कुल विनियोजन मध्ये चालु तर्फ ५ करोड ५० लाख अर्थात ‍२८ दशमलब ७२ प्रतिशत र पुजीगत तर्फ १३ करोड ६५ लाख ५ हजार ९ सय ४९ अर्थात ७१ दशमलब २८ प्रतिशत रहेको छ । शर्शत अनुदान तर्फ प्राप्त हुने रकम रु १६ करोड ३ लाख अर्थात ४६ दशमलब ३२ प्रतिशत तोकिइ आए बमोजिमका शिर्षकहरुमा नै खर्च गरिनेछ । त्यस्तै गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समपुरक तथा विशेष अनुदानमा आधारित योजना तथा कार्यक्रमहरु तोकिए बमोजिमका स्थानहरुमा संचालन र कार्यान्वयन गरिने व्यवस्था मिलाएकी छु।
२८. आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्य संधिय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु ८ करोड ५९ लाख, शसर्त अनुदानबाट प्राप्त रु १६ करोड ३ लाख,संघिय बिभाज्य कोषबाट प्राप्तहुने राजश्व बाँडफाँडबाट ७ करोड ८ लाख, ८३ हजार ९ सय ४९ रुपैयाँँ प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु १ करोड २१ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट प्राप्त रु २५ लाख ५९ हजार, आन्तरीक राजश्वबाट प्राप्त हुने रु ५० लाख ,गत बर्षको अनुमानित मौज्दात रु १ करोड, ६० लाख सामाजिक सुरक्षा भत्ता वापत रु ६ करोड २६ लाख ५ हजार उपयोग गरिनेछ ।
आदरणीय सभाध्यक्ष ज्यू तथा सदस्य ज्यूहरु,
मालिका गाउँपालिकाले लिएको यस आर्थिक बर्षको बजेटले यस गाउँपालिकालाई समृद्ध बनाइ जनतालाई सुखी बनाउन सकिन्छ । हामीले यी अवसर उजागर गदै नमुना गाउँपालिका बनाउँन जनताले हामीलाई निर्वाचित गरी पठाउनुभएको छ । यस गाउपालिकालाई समृद्ध बनाउने अभियान भनेको हामीले बनाएको नीति, कार्यक्रम तथा बजेट नै हो भने यसलाई सघाउने भनेको योजना निर्माण गर्नु हो । तसर्थ गम्भिर छलफल मार्फत सहि योजना तर्जुमा छलफल सल्लाह सुझाव प्राप्त हुने नै छ भन्ने पूर्ण विश्वास लिएकोछु ।
अन्तमा म यस मालिका गाउँपालिकाको सम्मानित सभालाई जनप्रतिनिधिको हैसियतले सम्वोधन गर्ने मौका पाएको अवसरमा सम्पूर्ण गाउँवासी, आमा, वुवा, दाजु, भाइ तथा दिदि वहिनीहरु, राजनैतिक दलका आदरणीय नेताहरु, विभिन्न संघ संस्थाहरु, सभासद ज्यूहरु, सञ्चारकर्मी मित्रहरु, कर्मचारी तथा सुरक्षाकर्मी मित्रहरु लगायत सम्पुर्णमा कृतज्ञता ज्ञापन गदै नीति कार्यक्रम तथा बजेटका कुराहरु यहाँहरुको विचमा राख्दछु ।
सबैलाई धन्यवाद,
जय मालिका गाउँपालिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार