म्याग्दीमा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि ,स्वास्थ्य अवस्था सामान्य

बेनी ,आइतबार असार १४ गते ।
म्याग्दीमा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–३की ३० बर्षिया र धवलागिरी गाउँपालिका– ६ की ४० बर्षिया गरी दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

तेस्रो मुलुकबाट आएका दुई महिला सदरमुकाम बेनी स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका थिए । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।

उहाँका अनुसार उनिहरुलाई बेनी स्थित आइसोलेसन कक्षमा लैजाने तयारी रहेको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमतिको संख्या १६ पुगेको छ । आइतबार मात्र मयाग्दीमा तीन जना कोरोना संक्रमित पुरुष कोरोना जितेर घर फर्किएका छन् ।म्याग्दीमा कोरोना जितेर घर फर्किनेको संख्या ५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार