नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं ,आइतबार असार १४ गते ।
नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वितेको २४ घण्टामा विभिन्न जिल्लामा गरी थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७७२ पुगेको छ। योसँगै कोरोना निको हुनेको संख्या ३ हजार १३ पुगेको उहाँले बताउनुभयो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार